Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ । 

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज (बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्। उनले भने, ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ। तर, हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’ यस्तै डिआइजी बोहराले सुदूरपश्चिममा आफ्नो कार्यकालमा गुण्डागर्दी र चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सुदूरपश्चिम प्रहरीले लागुऔषध, चोरी तस्करी, गुण्डागर्दीको नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्ने…

Read More

टेकसिंह धामी, धनगढी: कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार सो शिशु स्थानीय २२ वर्षीया रिता बिकको भएको खुलेको छ। उनका श्रीमान् भने दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरवमा छन्। रिताले श्रीमान वैदेशिक रोजगारीमा रहेकै बेला नवजात शिशुलाई जन्म दिएको प्रहरीको दाबी छ। रिताले ती शिशुलाई ७ दिन अघि जन्म दिएर पालनपोषण गर्दै आएकी थिइन्। तर, हिजो राति उनले झाडीमा फालेर…

Read More

धनगढीः बाजुरामा आज भुकम्प गएको छ। दिउँसो १ बजेर १७ मिनेटमा भुकम्पको धक्का महसुुस भएको हो। भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भुकम्प गएको हो।

Read More

धनगढी: कैलालीस्थित गौरीगंगामा सरकारी नम्बर प्लेटको मोटरसाइकल दुरुपयोग भएको पाइएपछि आलोचना भएको छ। गौरीगंगा नगरपालिकाको नाममा रहेको ६८५ नम्बरको मोटरसाइकलले दुध ढुवानी गरेको भन्दै यतिबेला समाजिक संजालमा चर्को आलोचना भइरहेको हो। उक्त मोटरसाइकल नगरपालिकाका सहायक लेखापाल उप्रेन्द्र गिरीले चलाएको खुलेको छ। तर गिरीले भने आफूले सहयोग गर्दा आलोचना सहनुपरेको प्रतिक्रिया दिएका छन् । ‘छिमेकीको छोरीको बिहे थियो । बजारबार दुध ल्याउन बाइक मागिरहेका थिए, मैले बाइक दिन मिल्दैन बरु म आफै ल्याइदिन्छु भनेर सहयोग मात्रै गरेको हो’ उनले भने, ‘सहयोग गर्दा गलत मानसिकता भएका मान्छेहरुले बदनाम गर्ने प्रयास गरे।’

Read More

डडेल्धुरा: डडेल्धुराको किर्तिपुरमा एकपछि अर्को गर्दै २ ओटा गाडीका ब्रेक फेल भएका छन्। आज(बिहिवार) सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर डिलतिरको पिल्लरमा ठोक्किएको थियो। आजै बिहान सोही स्थानमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको ट्याक्टरको समेत ब्रेक फेल भएको स्थानीय आकाश गुरुङले बताएका छन्। दुवै सवारी साधनले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जाम लागेको छ। सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौं: सर्भियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीन दिन शोकको घोषणा गरेका छन् ।

Read More

काठमाडौं: बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदैछन्। आज बिहान ११ बजेको उडानमार्फत उनी बेलायत जान लागेका हुन्। राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौं फर्किने स्वकिय सचिव दीपककुमार जोशीले जानकारी दिए। चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर उपचारपछि काठमाडौं फर्किएका पौडेलको स्वास्थ्य प्रतिकूलताका कारण साउदले सहभागिता जनाउन लागेका हुन्। वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा रहनेछ।  गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएको थियो। उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह मनाइँदैछ। 

Read More

काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा…

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो। छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो। उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो।

Read More