काठमाडौं: बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदैछन्। आज बिहान ११ बजेको उडानमार्फत उनी बेलायत जान लागेका हुन्।
राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौं फर्किने स्वकिय सचिव दीपककुमार जोशीले जानकारी दिए।
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर उपचारपछि काठमाडौं फर्किएका पौडेलको स्वास्थ्य प्रतिकूलताका कारण साउदले सहभागिता जनाउन लागेका हुन्।
वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा रहनेछ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएको थियो। उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह मनाइँदैछ।
Facebook Comments Box