धनगढी: बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ। मनसुनको मौसम सकिएपछि निकुञ्ज कार्यालयले कात्तिकबाट जङ्गल सफारी खुला गरेको हो। मनसुन अवधिभर निकुञ्जमा सफारी बन्द गरिएको थियो। चाडपर्वका बेला धेरै नेपाली परिवारसँग घुमफिर गर्ने भएकाले सफारीका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। “कात्तिक २ गतेबाट निकुञ्ज खोलिएको छ,” उनले भने, “अहिले बढीजसो नेपाली नै घुमघामका लागि आइरहेका छन्।” शुक्लाफाँटा निकुञ्ज क्षेत्रमै यस वर्ष सबैभन्दा बढी वर्षा भएको थियो। त्यति बेलाको वर्षाका कारण आएको बाढीले निकुञ्ज क्षेत्रभित्र रहेका पुलपुलेसा र बाटा बिगारेको छ। धेरै जसो पुल मर्मत गर्नुपर्ने भएका छन् तर निकुञ्जको…
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ। गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ। किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ। बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि आज जिल्ला अदालतबाट दोश्रो पटक सात दिनका लागि म्याद थपेर…
डडेल्धुरा: डडेल्धुराका एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानबाट परशुराम नगरपालिका– ५ परीगाउँका व्यवसायी अन्दाजी ५३ वर्षीय खेम सिंंह प्वाली बेपत्ता भएका हुन्। उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरी जनाएको छ। उनले नदीमा हामफालेको आशंका रहेकाले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य तिव्र पारेको बताएको छ।
धनगढी: कैलाली र कञ्चनपुरबाट चोरी र लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरबाट लागूऔषध र वन मुद्दाका दुई तथस कैलालीबाट चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका हुन्। मंगलबार लागूऔषध मुद्दामा दुई महिना कैद सजाय तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका – ४ बजारका ३० वर्षीय संजय थापा र वन सम्बन्धी कसुर मुद्दामा १७ दिन कैद सजाय र नौं हजार ५२८ रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका – ९ सिद्धनाथ टोलका २५ वर्षीय लोकेन्द्र चन्द पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा सात दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको…
धनगढी: सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका – २ फनपार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, टीकापुर नगरपालिका – ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका – ४ राजीपुरबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट चार लाख ३४ हजार ९२८ रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोबाइलको ग्लास, मोबाइलको कभर, मोबाइलको…
धनगढी: कञ्चनपुरमा ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ चौरीस्थित मदनसिंह मडैको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। मडैसहित ५ जनालाई नगद १३ हजार ८७५ सहित पक्राउ गरिएको हो।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ।पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले बताए। उनले भने, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपीलाई पठाइएको छ।’ असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले…
धनगढी: सामान्यतया जुवातास खेलेको आरोपमा समातिएकालाई केही दिन थुनिन्छ। त्यसपछि जुवा तथा जुवाडेको प्रकृति अनुरुप थप कारबाही प्रक्रिया अगाडि बढाइन्छ। उसो त कैलाली प्रहरीले जुवामा करिब एक हप्ता अथवा आधा हप्ता थुनेर मुद्दा किनारा लगाउने परम्परा बसालेको छ। अहिलेसम्म त्यहीँ प्र्याक्टिस गर्दै आएको छ। तर, नेपाल हो, जे पनि हुनसक्छ भन्ने प्रचलित भनाईअनुरुप कैलालीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित जिल्लाका सुरक्षा निकायका ३ जना एसपी नै गएर मध्यराति समातिएका जुवाडे भने एकदिनमै छुटेका छन्। प्रहरी प्रशासनमा सेटिङ गराएको दाबी गर्दै जुवा खेलाउने जुवाघरमा सोमबार कैलालीका सिडिओ मिश्र आफैं पुगेर छापा हानेका थिए। दलबलबीच उनले घरको ढोका नै फुटाल्ने गरि…
काठमाडौ: नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। महासचिव शंकर पोखरेलको हस्ताक्षर रहेको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। पार्टीका पूर्वउपाध्यक्ष भीम बहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ। अस्ति साँझ बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताइन्छ। पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात सात दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ।’ विधानको उक्त धारामा पार्टी निर्णय…
काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन्। युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकहरुको उद्धार आवश्यक परेको खण्डमा आपतकालीन योजना बनाउन रक्षा मन्त्रालय र सेनाबीच समन्वय भैरहेको जानकारी दिएका छन्। त्यहाँ रहेका नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको पनि प्रधान सेनापतिले स्पष्ट पारे। रक्षा मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ। तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन्। बंकरहरुमा बसेका छन्। कथंकदाचित ठूलै खालको स्थिति आयो भने त्यस्तोमा के गर्ने भन्नेमा हेडक्वार्टरले त्यसको योजना बनाउँदै छ।’…