Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको मेलौलीमा सिँचाइको चरम समस्या देखिएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ को मुदरे वल्लो स्याल्तडी र पत्नी रुपान्तडी बस्तीमा सिँचाइको समस्या देखिएको हो। सो बस्तीका ५० घरधुरीले २०६२ सालदेखि सिँचाइ अभावको समस्या झेलिरहेका छन्। सिँचाइको समस्या भएपछि त्यहाँ १० हेक्टर खेतीयोग्य जमिनबाझो बनेको छ। जसका कारण उनीहरूको जीविकोपार्जनमा समेत कठिनाइ भएको छ। सोही सन्दर्भमा उक्त बस्तीहरुमा प्रदेश सरकार र मातहतका निकायबाट सिँचाइको समस्या समाधानका लागि पहल गर्न माग गर्दै सिँचाइ उपभोक्ता समितिले प्रदेश सभा सदस्य शिवराज भट्टलाई ध्यानाकर्षण गराएको छ। सोमवार बैतडीबाट निर्वाचित भट्टलाई याक नेपाल नामक संस्थाको समन्वयमा उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझाएको हो। यस्तै, भट्टले…

Read More

धनगढीः पूर्वराजा ज्ञानेन्द्र शाहले आज राजा महेन्द्रको सालिकमा माल्यार्पण गर्ने भएका छन् । उनी बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको सालिकमा माल्यार्पण गर्नेछन् । नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह आइतवार स्थलमार्ग हुँदै धनगढी पुगेका थिए ।

Read More

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।  आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् म। ७ महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो।  बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

Read More

डोटी: सधैंजसो अभाव रहने डोटीमा एक हप्तापछि पेट्रोल पुगेको छ। पेट्रोलको अभाव झेलिरहेका डोटीवासीके आज बिहान मात्रै पेट्रोल हाल्न पाएका छन्। जिल्लाको एक मात्रै पेट्रोल पम्पमा आज पेट्रोल पुगेपछि भिड नै लागेको थियो। पेट्रोल पुगेको केही दिनमै अझ अभाव हुने जिल्लावासीको गुनासो छ। पम्पमा नपाइने तर बजारमा बोतलमा भरिएको पेट्रोल जताततै पाइने समस्या रहेकालए जिल्लामा पेट्रोलको कालोबजारी हुनेगरेको गुनासो पनि बढेको छ। फोटो: गणेश मौनी

Read More

काठमाडौं: यतिबेला सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल काठमाडौंमा छ। मन्त्रिमण्डलको टोली सोमबार साझ धनगढीबाट हवाईमार्गहुँदै काठमाडौं आइपुगेको हो। शनिबारमात्रै मन्त्रिपरिषद्‍ विस्तार गरेका मुख्यमन्त्री कमलबहादुर साहले प्रदेश सरकारका सम्पूर्ण मन्त्रीहरूलाई काठमाडौं लिएर आएका हुन्। केन्द्र सरकार आगामि आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न मुख्यमन्त्री साहले अन्यमन्त्रीहरूलाई पनि काठमाडौं लिएर आएका हुन्। उनीहरूले आजबाट सत्ता गठबन्धनका विभिन्न नेता तथा मन्त्रिमण्डलका विभिन्न मन्त्रीहरूलाई भेटेर प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री साहको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

Read More

धनगढी: डिभिजन वन कार्यालयले अस्थायी रुपमा बसोबास गरिरहेको क्षेत्रमा डोजरको प्रयोग गरेर संरचना भत्काएपछि कैलालीको चुरेका पहिरो पीडितको विचल्ली भएको छ। मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिन धनगढी आइपुगेका उनीहरु बास नपाएर कबर्ड हलको खुला आकाशमा रातदिन बिताउन बाध्य भएका छन्। चार सय १८ जना पहिरो विस्थापित परिवार लालाबालासहित कबर्ड हलमा बसिरहेका छन्। उनीहरुसँग गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका जनप्रतिनिधि समेत यहाँ आइपुगेका छन्। २०७७ सालमा पहिरोले घरबारविहीन भएका परिवारहरुलाई गाउँपालिका, स्थानीय प्रशासन, वन कार्यालय समेतको समन्वयमा चुरे गाउँपालिका वडा नम्बर ४ को पैनेरुगडा र टाँकगडामा अस्थायी रुपमा व्यवस्थापन गरेर राखिएको थियो। तर वन कार्यालयले डोजर लगाएर संरचना भत्काइदिएपछि भने उनीहरु समस्यामा…

Read More

बाजुरा: बाजुरामा बिहे गर्न पुगेको एक जोडीका लागि मन्दिरको ढोका बन्द भएको खबर आएको छ। आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न मन्दिर पुगेका उनीहरु झ्यालबाट फूल चढाएर फर्किएका छन्। बाजुराका प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनार बिहे गर्ने निधो गरेर हिजो सोमबार मार्तडीमा रहेको मालिका मन्दिर पुगेका थिए। गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका उनीहरुले अस्ति नै मन्दिरका पूजारीलाई आफूहरु भोलि आउने भनेर खबर समेत गरेका थिए। तर, साइत अनुसार नै माइती पोइली पक्षबाट मन्दिर पुगेका उनीहरुका लागि ढोका बन्द गरेर पुजारी सम्पर्कविहिन बने।विवाहको पोशाकमा सजिएका बेहुला-बेहुलीका आफ्न्तले पूजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन। अन्तमा उनीहरु…

Read More

बझाङ: आफूलाई बाम विश्लेषक भनेर परिचित गराउने भरत दाहालले एक अन्तर्वार्तामा बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाले सैन्य क्याम्प स्थापना गरेको भनेर बोलेका छन्। उनले  सो क्षेत्रको ठुलो भूभाग अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको अभिव्यक्ति समेत दिएका छन् । दाहालले केही व्यक्ती, प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र सरकारलाई अमेरिकी सैन्य क्याम्प खडा गर्ने मतियार भनेका छन्। उनले तरुण दल बझाङ अध्यक्ष विष्णु ऐडी, स्थानीय विराट कठायत, साइपाल गाउँपालिकाकी रन्जिता धामीले अमेरिकी सैनिकलाई सहजीकरण गरेको अभिव्यक्ति दिएका छन्।यस विषयमा ऐडीले उक्त आरोप झुठो भएको बताएका छन्। उनले सैन्य क्याम्प खडा भएको दाबी गरिएको साइपाल गाउँपालिकामा अहिलेसम्म आफू पुग्न समेत नसकेको बताए। ऐडीले उक्त…

Read More

दाङ : छात्रालाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडा निवासी शेषमणी गौतमलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए। उनालई वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ। देउखुरीस्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुख हुन्।

Read More

बर्दिया: एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा बर्दियाका २ युवक समातिएका छन्। घुम्न जाऔं भन्दै मोटरसाइकलमा राखेर जंगलमा पुर्‍याइ बलात्कार गर्ने बर्दियाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियार पक्राउ परेका हुन्। उनीहरूले आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर स्थानीय एक १८ वर्षीया किशोरीलाई जंगलमा पुर्‍याइ बलात्कार गरेका थिए।  पीडित किशोरी घरमै बसिरहेको समयमा चिनजानका दुई व्यक्तिले किशोरीलाई बजारतिर घुम्न जाऔं भनेर ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।  पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन्। ब्लात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा प्रहरीले सोमबार बिहान १ बजे…

Read More