Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल नागरिक उड्ययन प्राधिकरणले जागिर खान चाहनेहरुको लागि अवसर खुलाएको छ। प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। ११ औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ। २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

Read More

बैतडी: बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ। जिल्लामा अहिले यो रोगका कारण झण्डै ३ सय पशुचौपाया मरीसकेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए।  जिल्लाभरी लम्पी स्कीनका कारण ३ हजार १४६ पशुचौपाया बिरामी परेका पन्तले जानकारी दिए। सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको बताइएको छ।  मेलौली नगरपालिकामा लम्पी स्कीनबाट १ हजार १ सय पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन्।  लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए।  पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान…

Read More

लाहोर: पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन्। इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।

Read More

कैलाली: सुदूरपश्चिमका ५ जिल्लासहित ७ जिल्लाका प्रभावित परिवारलाई अनुदान उपलब्ध गराउने सरकारले निर्णय गरेको हो।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो। प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट डोटी, अछाम, बाजुरा, बझाङ,  डडेल्धुरा, लमजुङ र खोटाङका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

Read More

धनगढीः आज सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राति देशभर मौसम सामान्यतया सफा रहने छ। हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त…

Read More

धनगढी: निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ। कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा…

Read More

काठमाडौँ: नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो ।  डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।  बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य ओमविक्रम भाट सरललाई आज बिहानै फोन आयो। त्यो फोन थियो, ‘कंचनपुरस्थित कृष्णपुरको वडा नम्बर ९ को राजघाट क्षेत्रमा बाघ आतंक मच्चिएको र नियन्त्रणका लागि पहलका लागि अनुरोध गरिएको।’ त्यसपछि प्रदेश सभा सदस्य सरल सिधै आफ्नो निर्वाचन क्षेत्र समेत रहेको बाघले आतंक मच्चाएको सो क्षेत्रतर्फ लागे। उनले त्यहाँ जादा जिल्लाको वन कार्यालय र कृष्णपुर नगरपालिकालाई पनि सम्पर्क गरेर समन्वय गरेका थिए। त्यहाँ गएर प्रदेश सभा सदस्य सरलले आजै अनुगमन गरेको र सो क्षेत्रमा क्यामेरा जडान समेत गरिएको बताए। उनका अनुसार वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा क्यामेरा जडान गरिएको हो। वन कार्यालयसंगको सहकार्यमा क्यामेरा जडान…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको विगत ३ महिनादेखि गाडीको अस्पताल अर्थात ग्यारेजमा थन्किएको छ। आर्थिक वर्ष ०७४/०७५ मा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स मर्मत नभएर ३ महिनादेखि धनगढीको नेपाल अटो टेडर्समा थन्किएको हो। पालिकाभित्र संचालनमा रहेका दुई वटा एम्बुलेन्स मध्ये पालिकाको वडा नम्बर ३,४,५,६,७ र ८ का बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स यतिबेला आफै बिरामी भएको छ। जसका कारण त्यहाँका बिरामीले समस्या भोग्नुपरेको छ। एम्बुलेन्सको मर्मत खर्चको लागत करिब ४ लाख ५० हजार देखिएको अवस्थामा त्यत्रो रकम पालिकासँग नभकाले थन्किएको गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले बताए।सरकारको नियमानुसार सो एम्बुलेन्सको कूल मूल्यको ५० प्रतिशतभन्दा कम मूल्यमा मात्रै मर्मत गर्नुपर्ने प्रावधान भएकाले मर्मत गर्न…

Read More

धनगढीः सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा जुवा खेलिरहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित ३ जना रहेका छन्। विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र एक गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More