Author: महेन्द्रनगर पोष्ट

गुल्मी: गुल्मीको इस्मामा एक रिसालु बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन्। घरायसी विवादको कारण झै-झगडा हुँदा हसिया प्रहार गरेर उनले छोराको नाक काटीदिएका थिए। छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नबिनकिशोर प्रधानले जानकारी दिए। हसिया प्रहारबाट गम्भीर घाईते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनामा संलग्न दिल बहादुर पक्राउ परेका छन्।

Read More

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधवार भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिवार सार्वजनिक भएको हो। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्ने बताएका हुन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश भएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी तथा भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धताको एजेन्डा समावेश गरिएको हो।

Read More

धनगढीः बझाङमा यार्सा सङ्कलकबीच लफडा भएको केशमा २ जना समातिएका छन्। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको थियो। बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो। झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बैतडी: बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ। जिल्लाको सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बाटो निर्माण र सडक मर्मतको नाममा उपभोक्ता समिति गठन गरेर रकम निकास गरेको पाइएको हो। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले सुर्नया गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा बेरोजगार श्रमिक छनोट नगरी सिधै उपभोक्ताको खातामा पाँच करोड ८४ लाख ७६ हजार रुपियाँ निकासा गरिएको तथ्य खुलाउँदै यस घटनाको छानबिन गरी यसमा संलग्न दोषीलाई कारबाहीको सिफारिस गरेको छ। सो प्रतिवेदनमा भनिएको छ, ‘सुर्नया गाउँपालिकाको २२ हजार ४५२ मध्ये २३ प्रतिशत जनसङ्ख्या बेरोजगार हुन् भन्दै श्रमिकलाई रकम नदिएर १०२ वटा योजनाको नाममा उपभोक्ता समिति गठन गरी…

Read More

काठमाडौं: लोकसेवा आयोगले पुनः दरखास्त पेस गर्न आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै आयोगले विभिन्न पदमा आवेदन दिएका उमेदवारलाई पुनः दरखास्त पेस गर्न आग्रह गरेको हो । आयोगबाट २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित पदका लागि वैशाख २० मा पुनः दरखास्त आह्वान गरिएको थियो । तर, केही उमेदवारहरूले अझै दरखास्त दिन बाँकी देखिएकोले उक्त विज्ञापनहरूमा यसपूर्व दरखास्त पेस गरी दरखास्त स्वीकृत भई प्रवेशपत्र जारी भइसकेकालगायत सबै उमेदवारहरूले अनिवार्य रूपमा जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गर्न आयोगले आह्वान गरेको छ ।

Read More

काठमाडौँ: प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्।  शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी छिन् । त्यस अवसरमा उनले महिला सांसदहरूका लागि संघीय संसद् भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्नेसमेत बताइन्। उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् ।  आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ…

Read More

डडेल्धुरा: नेपाल हृदय रोग निवारण प्रतिष्ठान डडेल्धुरा शाखा सभापतिमा सुरेन्द्रसिंह ऐर चयन भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट महेन्द्र माविका प्राचार्य ऐर सर्वसम्मत सभापतिमा चुनिएका हुन्। कार्यसमितिको सदस्यमा मदनरजाज चटौत, सुभाष भट्ट, मेखराज भट्ट, पार्वती गुरुङ, अशोक बम, सुरेन्द्रबहादुर भण्डारी, नरेशबहादुर थापा, डम्बरबहादुर भण्डारी, हरिपृया गैराल, टेकराज पाण्डेय, तुलक्षी पाण्डेय जोशी चयन भएका छन्। केन्द्रीय समितिको आयोजनामा ६ जना हृदय रोग विशेषज्ञको टिमले महेन्द्र माविमा मुटु स्क्रिनिङ्ग क्याम्पियन समेत चलाएको थियो।विद्यालयका १४ सय विद्यार्थीहरुमध्ये उपस्थित ११ सय बढी विद्यार्थीहरुका साथ करिब एक सय जना अभिभावकहरूको मुटु स्क्रिनिङ्ग गरिएको हो।

Read More

काठमाडौँ: नुहाउदा जलाशयमा मोबाइल खसेपछि मोबाइल निकाल्न एक भारतीय सरकारी कर्मचारीले जलाशयको पानी नै खाली गरिदिएका छन्। भारतीय राज्य छत्तीसगढको खेरकटा जलाशयमा आइतबार स्नान गर्दा ती खाद्य निरीक्षक राजेश विश्वासको मोबाइल खसेको थियो। विश्वासले खसेको मोबाइल निकाल्न ६०० हेक्टर जमिनमा सिचाइ गर्न पुग्ने बराबरको पानी रित्याएका थिए। तर , विश्वासको उक्त खसेको मोबाइल सामसुङ ग्यालेक्सी एस २३ भने पानी जमेर काम नलाग्ने भएको थियो। विश्वासलाई शुक्रवार जागिरबाट निलम्बन गरिएको छ।

Read More

कास्की: माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन्। शनिबार दिउँसो करिब ४ बजे तालको पामे खपौदी क्षेत्रबाट वेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको कामले गति लिने बताएका छन्। शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार सांसदहरुले राखेको जिज्ञासा मेटाउने क्रममा उनले आफ्नो भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा यसपटक नयाँ समझदारी हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘पञ्चेश्वरका बारेमा छलफल चलिरहेको छ । सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ।’ प्रधानमन्त्री २० जेठसम्म भारतमा रहनेछन् ।

Read More