Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: भारतको बैंगलोर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानसँग चरासँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार दिउँसो पौने २ बजे उक्त दुर्घटना हुनबाट टरेको र बेंगलुरुको उडान RA-244 का यात्रुहरूले ठूलो आवाज सुनेको बताएका समाचारमा उल्लेख छ।  १५६ जना सवार उक्त विमान शनिबार चरासँग ठोक्किएपछि काठमाडौं फर्काइएको समाचारहरूमा उल्लेख छ।​​​​​​ उक्त विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको र विमान सकुशल अवतरण भएको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ। प्राविधिकहरूले विमानको जाँच गरिरहेका जनाइएको छ। त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमान सकुशल अवतरण गरेको जानकारी दिएका थिए। 

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 

Read More

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् । आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो । पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ…

Read More

काठमाडौँ: काठमाडौँबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगमको न्यारोबडीमा चरा ठोक्किएपछि वाइडबडी विमानलाई त्यसतर्फ पठाइएको छ । दिउँसो पौने २ बजे उडेको विमान सर्लाहीको आकाशमा पुग्दा चरा ठोक्किएको थियो । लगत्तै त्यहाँबाट फर्काइएको विमान दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त न्यारोबडी विमान ए ३२० को दायाँ इञ्जिनमा सामान्य समस्या देखिएपछि जापानको नारिताबाट दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको वाइडबडी विमान ए ३३० लाई डेढ सय यात्रुसहित साँझ साढे ६ बजे बैंगलौर उडाइएको छ ।

Read More

काठमाडौँ: माओवादीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आज प्रदान गरेको पुरस्कारमा असहमति जनाउँदै केही पत्रकारले राजीनामा दिएका छन् । प्रेस सेन्टरको ललितपुर जिल्ला कमिटीलाई उत्कृष्ट घोषणा नगरिएकोमा अध्यक्षसहित आठ जना पदाधिकारीले राजीनामा दिएका छन् । उनीहरुले सेन्टरको साधारण सदस्यतासमेत त्यागेका हुन् । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा साँखुको एउटा रिसोर्टमा आयोजित कार्यक्रममा वितरित पुरस्कार असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ । ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्की,उपाध्यक्ष गोपाल आलेमगर,सचिव दीपक अर्याल,सहसचिव अनिल पन्त,कोषाध्यक्ष कृष्ण पौडेल,सहसचिव नारायण लिंखा देवान, ललितपुर महानगर समिति सचिव राजु नेपाल संयुक्त राजीनामा बुझाउनेमा छन् । संयुक्त राजीनामा दिनेमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश कमिटीका सदस्य राममणि…

Read More

गुल्मी: गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गमा असल बुहारीहरुलाई सम्मान गरिएको छ । बुहारी सम्मान कार्यक्रम अन्तर्गत बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा नौ जना बुहारीलाई सम्मान गरिएको हो । पछिल्लो समय घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै सो वडामा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । वडा कार्यालयले साविकका नौ वडाबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको बताइएको छ । यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको बताइएको छ ।

Read More

काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Read More

बझाङ: बझाङमा यार्सा सङ्कलकबीच झडप भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ स्थित माझा वनमा यार्सा सङ्कलकहरुबीच झडप भएको हो । प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल-२ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबीच झडप भएको हो । झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका र उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस पाइएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् । शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ । विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो । यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ,…

Read More