Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस पाइएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् । शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ । विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो । यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ,…

Read More

कञ्चनपुर: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत भागेश्वरी देउवाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गुलरियाकी देउवा बीए तेस्रो वर्षमा अध्ययनरत थिइन् । अन्दाजी २४ वर्षीया देउवा मुटु सम्बन्धी रोगबाट पीडित थिइन्।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्ड यथाशीघ्र छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् । उनले समाजिक सञ्जालमार्फत नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्री वितरण लगायतका सबै गैरकानुनी गतिविधिमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । ‘कञ्चनपुरको महेन्द्रनगर नगर विकास समिति (हाल भीमदत्त नगर विकास समिति)लाई २०३६ सालमा ६३८ बिघा ६ कट्ठा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो, सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखिनै वास्तविक गुरु योजना विपरीत जग्गा बिक्री वितरण हुँदै आएको देखिन्छ,’…

Read More

बैतडी: नेपाल प्रेस युनियन स्थापना दिवसको अवसर पारेर बैतडीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियन बैतडी शाखाले जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको हो । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले बताए । बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द,तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्ट, नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष नरी बडू लगायतको सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रमका लागि दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित होटेल जे एमले सहयोग गरेको थियो । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस…

Read More

धनगढीः धनगढीको चौराहमा भेटिएका दुई बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ। आज दिउँसो २ बच्चाबच्ची चौराहमा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउँदले ती बच्चाबच्ची विशालनगरका भएको र बच्चाबच्ची आमालाई जिम्मा लगाइएको बताए। ती बच्चाबच्ची घरबाट बाहिर निस्केर चौराह पुगेको बताइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा तरकारी बोकेको जिपले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरका ३० वर्षीयसुनिल चौध री र १९ वर्षीय पवन चौधरी रहेका छन् । प्रहरीका अनुसार साइकलमा सवार उनीहरुलाई बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको र जिप चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्। शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्। उनी तीन दिनपछि फर्किने छन्।

Read More

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छौँ ।’ पूर्व राजा शाहले नेपालको पिर मर्का बुझ्न…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे केपी शर्मा ओलीलाई जोड्न नहुने बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधानमन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसद्को बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्रीले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए । उनले भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’ जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा…

Read More