Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा बुधवारदेखि विद्युत अवरुद्ध हुने भएको छ । मंगलवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले सूचना जारी गरी विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । बुधवारदेखि जेठ २० गतेसम्म विहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ । सूचनाअनुसार ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

Read More

धनगढीः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ। रिट दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो। गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो। प्रशासनको त्यस निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर आज सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो।

Read More

धनगढीः अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। गएराति कमलबजार नगरपालिका–१ मा हावाहुरी र वर्षासंगै परेको चट्याङ लागेर ४ जना घाइते भएका हुन्। घाइते हुनेमा १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो । मङ्गलवार आईसीसीले विश्व कप छनोटको समूह विभाजन गरेको हो । समूह ‘ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । नेपाले पहिलो खेल असार ३ गते जिम्बावेसँग, दोस्रो खेल असार ५ गते अमेरिकासँग, तेस्रो खेल असार ७ गते वेस्ट इन्डिजसँग र चौथो खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । छनोटअघि नेपालले दुई खेलको वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ । समूहको शीर्ष ३…

Read More

धनगढीः अर्थमन्त्री डा.प्रकाशशरण महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीलाई उनले आज यस्तो बताएका हुन् । संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न उक्त टोली सोमवार काठमाडौँ पुगेको थियो । सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्षी दलका नेताहरु प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको माग गर्न अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

Read More

काठमाडौँ: आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले सङ्घीय सरकारले आफू दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। उनले प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत सङ्घीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताए । उनले भने, ‘केन्द्र सरकारले राजस्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गर्‍यो, असमान वितरण प्रणाली लागू गर्‍यो, विकासलाई समातामूलक रूपमा गरेन । भन्सारमा उठेका महसुल केन्द्रमा नै आए अनुदान दिन्छौँ भन्ने…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ९ को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । उक्त वडामा रहेको सिद्धनाथ–कालिका मन्दिरको सिमाङ्कन गर्न माग राख्दै वडा कार्यालयमा लगाइएको थियो । यही जेठ ११ गतेभित्र सिमाङ्कन गर्ने सहमति भएपछि कार्यालयमा लगाएको ताला आज खोलिएको हो । नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको रहोवरमा मन्दिर समिति र वडा कार्यालय बसी ११ गतेसम्म नगरपालिकाले प्राविधिक टोलि ल्याएर मन्दिरको सिमाना छुट्याइदिने सहमति भएपछि ताला खोलिएको मन्दिर समिति अध्यक्ष दिनेशराज भट्टले बताए ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका हुन् । उनले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अलमल्लिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वकाङ्क्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरे । उनले भने, ‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो भन्छौँ । परम्परा…

Read More