Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको एक स्कुलमा चोरी भएको छ। एक्सिस विद्याश्रममा शनिवार राति २ बजेको समयमा चोरी भएको हो। राति दुई जना युवाले विद्यालयबाट तीन वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको बताइएको छ। सामान चोर्दाको भिडिओ सिसिटिभी क्यामेरामा देखिएको र आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको स्कुल प्रशासनले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका हुन्। छलफलपछि प्रधानमन्त्रीले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने विश्वास दिलाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले जानकारी दिए। आरक्ष पीडितलाई प्रधानमन्त्रीसँग भेटाउने वातावरण उनले नै मिलाएका थिए। तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनस्र्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।

Read More

काभ्रे: किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।  लामाले क्याफेमा अनैतिक क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको छ।

Read More

सिन्धुली : मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन थालेको हो। छात्रालाई प्रोत्साहन र स्थानीय विद्यालयको प्रवर्धन गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताए।  यही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँच जनालाई जनही एक लाख हस्तान्तरण गर्‍यो। मरिण–७ का चार र वडा नं ६ की एकजना किशोरीलाई रकम प्रदान गरिएको हो। अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझेकी मरिण–७ जयमंगलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुशी बनाएको बताइन्। उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग…

Read More

काठमाडौं: वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको दाहालले बताए ।

Read More

बझाङ: आइतबार बझाङको सुर्मा गाउँपालिकामा गएको हिमपहिरोमा परेका पाँचैजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार मृत्यु हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११की रमिता धामीको मृत्यु भएको छ। रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ। यस्तै हिमपहिरोमा परि मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेका छन्। पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन् । उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ। हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षिया जामती धामीको अवस्था भने अज्ञात रहेको छ। हिमपहिरो गएको धानसेरा पाटनमा…

Read More

धनगढी: धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ। आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो।  पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्। पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ। धनगढीको रंगशालामा आज ३ बजेदेखि नागरिक अभिनन्दन गरिने समितिले जानकारी दिएको छ।

Read More

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलाेरलाई ६ विकेटले हराएको छ। याे हारसँगै बेङ्गलाेर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ । १ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो । गुजरातका लागि शुभमन गिलले शतक बनाए । उनले सर्वाधिक १ सय ४ रन बनाए । यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए । बेङ्गलाेरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १/१ विकेट लिए । वर्षाका कारण हिजो आइतवार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलाेरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर…

Read More

बैतडी: बैतडीमा बलात्कार आरोप लागेका चिफसर जेलबाट छुटेको जानकारी पीडित पक्षले ५० दिनपछि पाएका छन्। गत असार २० गते राति २ बजे बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रबहादुर नेगी परस्त्रीको कोठामा फेला परेका थिए। नेगीलाई श्रीमतीसँग बलात्कार गर्दैगर्दा कैलाली घर भएका डसराम चौधरीले देखेका थिए। रक्सी सेवन गरेर नेगी आफू नभएको मौका छोपी रातिको समयमा जबजस्ती कोठामा पसेर श्रमतीलाई बलात्कार गरेको देखेपछि डसरामले प्रहरी कार्यालमा उजुरी दिएका थिए। मजदुरी गर्न बैतडी पुगेका चौधरी दम्पति पुर्चौडी नगरपालिका वडा नम्बर १ कोपिखेत गाउँमा डेरा गरी बस्थे। डसराम कामको सिलिसिलामा डडेल्धुरा गएको मौका छोपी क्याम्पस प्रमुख आफ्नो कोठामा छिरेको दाबी चौधरीको दाबी छ।…

Read More

बैतडी: बैतडीमा मलामी गएका व्यक्ति घाइते अवस्थामा फेला परेका छन्। हिजो बिहान (आइतबार) पुरचौडी नगरपालिका-८ डणपुर गाउँका ८२ वर्षीय जगी साउदको मलामी गएका स्थानीय धनसिंह साउद कुटिएर बेहोस भएको अवस्थामा भेटिएका हुन्। साउद गाउँका करिब ७० जना मलामीसँगै खोलाबगर चिहानघाट पुगेका थिए। बिहान करिब ७ बजे मलामी गएका धनसिंह साउद घाटबाट फर्किने बेला गाउँलेबाट अलग भएका थिए। साँझ घाइते साउलाई उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More