Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी पक्राउ परेका हुन्। करिब ३ सय मिलिग्राम लागूऔषध र एक ट्याब्लेट नाईट्राभेटसहित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

Read More

धनगढीः कञ्चनपुरमा एनसेलको टावरमा आगलागी भएको छ। सोमबार राति शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन्। प्रहरी, स्थानीय, र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक महिला मृत्यु फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका- २ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमबार मृत भेटिएकी हुन्। आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए। मृतकको शव हिजोनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा थिए। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।

Read More

जाजरकोट : जाजरकोटबाट अनौठो खबर आएको छ। जिल्लाको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ। आजबाट सुरु हुने कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो।लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा खुवाएर चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको छ। जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका १…

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले  निःशुल्क सेवा दिने उद्देश्यले महाप्रस्थान सञ्चालनमा ल्याएको हो। अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पुगाउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर  निःशुल्क वाहन सञ्चालन ल्याइएको नगरप्रमुख तोय प्रसाद शर्माले बताए। नगरको बजेटबाट महाप्रस्थान यान खरिद गरेको बताउँदै उहनले सो महाप्रस्थान यान मंगलबारदेखि सञ्चालनमा आउने जानकारी दिए।

Read More

कञ्चनपुर: कञ्चनपुरको एक घरमा पालिएको गाईले लगातार ५ वर्षदेखि दुध दिइरहेको छ। जिल्लास्थित सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. मुकुन्द वल्लभ कलौनीको घरमा रहेको उक्त गाईले विगत ५ वर्षदेखि लगातार दूध दिइरहेको हो। हाल दैनिक दुई लिटर भन्दा बढी दुध दिँदै आएको बताइएको छ। घरका सदस्यले गाईको नाम ‘गौरी’ राखेका छन् ।‌ पहिलो र दोस्रो पटक ब्याउदा समेत २ वर्षभन्दा बढी समय दुध दिएको गाईले यसपटक भने ५ वर्ष पूरा हुँदा समेत निरन्तर दुध दिइरहेको हो।

Read More

दार्चुला: दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्। मीना र मृतक नरेश आमा छोरा हुन्।   खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम उनीहरुलाई चट्याङ लागेको बताइएको छ। मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले…

Read More

गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ। धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। त्यसैले मौसमलाई बिर्सनु हुँदैन। यसका लागि घरेलु उपचार उत्तम हुन्छ। आज हामी यस लेखमा तपाईलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौँ, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ। -यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाइँ सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दुध उपयुक्त हुन्छ । – नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ। र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदैजान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर…

Read More

काठमाडौँ:  सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ।  देशको  आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  तीनै तहका सरकारको बजेट निर्माणको प्रक्रिया चलिरहेको औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो।  गत फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। कतिपय भ्रमण तथा कार्यक्रमको  आधिकारिता पुस्ट्याइँ हुन नसकेको भन्दै मन्त्रालयले आफूखुसी विदेश भ्रमण नगर्न मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा छ।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी भारत भागेको प्रहरीको आशंका छ। उनलाई खोजि गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी परिचालन गरिएको छ। पक्राउ पुर्जी जारी भएपछि आफैं उपस्थित हुन्छु भन्दै प्रहरी सम्पर्कमा आएका रायमाझी त्यसै राति बुटवलबाट भारततर्फ भागेको निस्कर्षमा प्रहरी पुगेको हो।उनलाई पक्राउ गर्न देशभरका युनिटमा परिपत्र गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट गत बुधबार उनलाई पक्राउ गर्नै प्रहरीले अनुमति लिएको थियो। त्यतिबेला उनी अर्घाखाँचीमा थिए। त्यसै बेलुका काठमाडौं आउने टिकट भएपनि टिकट रद्द गरेर उनी फरार भएका हुन्। प्रहरीले यो घटनामा उनका छोरा सन्दीपलाई त्यसैदिन बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म ८…

Read More