Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा दोस्रोपटक नियुक्त भएका करुणाकर ओझाले आज पदभार ग्रहण गरेका छन्। उनलाई अस्पतालका कर्मचारीले स्वागत गरेका थिए। ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अध्यक्ष ओझासहित सदस्यहरु देवकी भट्ट र जनकबहादुर मल्लले पनि आजै पदभार ग्रहण गरेका छन्। उक्त पदभार ग्रहण कार्यक्रममा बोल्दै ओझाले पहिलेजस्तो नम्र भएर अब काम नगर्ने बताएका छन्। अस्पतालका कर्मचारीबाट हुने गरेका गल्तीलाई व्यवहारिक भएर नहेर्ने उनले बताए। ‘यसपटक अवसरसँगै विभिन्न चुनौती समेत आएको छ। पहिलो कार्यकालबाट थुप्रै अनुभव बटुलिसकेको छु’ उनले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवाका लागि कर्मचारीबाट सहयोगको अपेक्षा गरेको छु। बाहिर म एकदमै नम्र भएको कुरा चलिरहन्छ। तर अब…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनी प्रश्न गर्छन्, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?” शाहको सम्बोधन

Read More

कैलाली: स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष पूरा भएको छ । अहिले निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन् । तर निर्वाचनका बेलामा नागरिकमा बाँडिएका आश्वासन पूरा नगरेको र जनताको जनभावनाअनुसार काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ । नागरिक विश्वस्त हुनेगरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विगतका र अहिलेका नेतृत्वले गरेको कामको तुलना गर्दा खासै फरक नभएको आवाज पनि उठ्न थालेको छ । स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधि भने आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । उनीहरुले स्थानीय तहमा विकास र समृद्धिको जग बसालेको र त्यसलाई पूर्ण गर्न समय लाग्ने बताए ।…

Read More

चितवन: नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । रासस

Read More

धनगढीः प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर डोटी छोडेर कैलाली बसाईसराई गरेका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायर डोटीबाट बसाइसराइ गरेर कैलाली झरेका हुन् । बलायर डोटीको शिखर नगरपालिका–८ बाट कैलालीको गोदावरी नगरपालिका–१० मा बसाई सरेका छन् । सोमबार बसाइसराइको प्रमाणपत्र उनका स्वकिय सचिव सुरत रावतले वडा कार्यालयबाट बुझेका छन् । डोटीलाई आधार बनाएर राजनीतिक यात्रा सुरु गरेका बलायर २०७९ को निर्वाचनमा कैलाली–४ बाट निर्वाचन लडेका थिए ।

Read More

बझाङ: बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएकी जामती धामीको शव फेला परेको छ । आइतबार हिमपहिरोमा परी बेपत्ता भएकी जिल्लाको जयपृथ्वी नगरपालिका-११ की १४ वर्षीया धामीको शव फेला परेको प्रहरीले बताएको हो । सुर्मा गाउँपालिकाको धानसेरा भन्ने लेकमा गएको हिमपहिरोमा परी मृत्यु भएका सोही गाउँपालिका-३ की ३८ वर्षीया रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको शव फेला परिसकेको छ । यस्तै, घटनामा ४१ वर्षीय उनका श्रीमान बाबजी बोहरा र जयपृथ्वी नगरपालिका-११ घर भएका १५ वर्षीय आकाश धामी घाइते भएका छन् ।

Read More

बैतडी: बैतडीमा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले जेठ १० गतेदेखि लागु हुने गरी नयाँ भाडादर निर्धारण गरिएको बताए । यस्तै, राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकका खल्डाहरु मर्मत गरी सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । यस्तै, क्षमताभन्दा बढी यात्रु नबोक्न र प्रशासनले गोठलापानी बजारमा गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत बताएको छ ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी) का वरिष्ठ अधिकारीबीच सोमबार सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले आयोजना गरेको बैठकमा भारतबाट दुई जना डीआईजीको नेतृत्वमा सुरक्षा अधिकारीहरु सहभागी थिए । बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रणका लागि सहकार्य गर्ने सहमति जनाएका छन् । यस्तै सीमाबाट हुने चेलीबेटी बेचबिखन तथा मानव तस्करी रोकथाम, सीमा स्तम्भहरुको सुरक्षा, कोभिड–१९ महामारी रोकथाम र लागुऔषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार नियन्त्रणका लागि एकआपसमा सूचनाहरु आदान प्रदान गर्ने सहमति भएको छ । दुवै देशका सुरक्षाकर्मीहरुबीच सीमावर्ती इलाकामा हुन सक्ने नक्कली मुद्रा (जाली…

Read More

खोटाङ: खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस

Read More