Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा घरबाहिर पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। हिजो (शनिवार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित उत्तरबेहडी ओमशान्ती टोलबाट ३५ वर्षीय रोहितजङ्ग कडालको मोटरसाइकल चोरी भएको हो। हिजो ५ बजेर ६ मिनेटमा घरमै ह्याण्डिल लक गरेर पार्किङमा राखेको आफ्नो मोटरसाइकल चोरी भएको कडालले बताए। उनले मोटरसाइकल चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले खोजविन गरिरहेको जनाएको छ।

Read More

धनगढीः प्रहरीले कञ्चनपुरको बेलौरीबाट भारतबाट भित्र्याइएका प्रतिबन्धित बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार बेलौरी नगरपालिका–६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा लोड गरी भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलो बोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको हो। से ५ प ८००१ नम्बरको होण्डा साइन र से ३ प ६३२५ नम्बरको बजाज मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैया बस्ने ४० वर्षीय किसन राना र वडा नं।–४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका ५० हजार मुल्य भन्दा बढीका कुखुरालाई पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट…

Read More

काठमाडौं: चक्रवाती आँधी ‘मोका’ तीव्र गतिमा शक्तिशाली हुँदै गएको छ। यसका लागि भारतको मौसम विज्ञान विभागले लगातार चेतावनी दिइरहेको छ। बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित ‘मोखा’ नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, भोलि र पर्सि पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको हो । चक्रवातले भने नेपालमा धेरै असर गरेको छैन । यो आँधी बङ्गालको खाडीबाट बङ्गलादेश र म्यानमारतर्फ बढिरहेको छ । यसमा सय किलोमिटरप्रति घण्टाको गतिले तीव्र हावा चल्ने र मुसल धारे वर्षा हुने…

Read More

धनगढी: बैतडीमा एक महिला कर्मचारीलाई कुट्ने युवक समातिएका छन्। शनिवार जिल्लाको सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका थिए। प्रहरीका अनुसार सिगास गाउँपालिका२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो। सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।  केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ। महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले बताएको छ।

Read More

धनगढीः धनगढीको फूलबारी क्षेत्रमा तीन वटा हाइमास्ट लाइट जडान गरिएको छ। धनगढी उपमहानगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा हाइमास्ट लाइट जडान गरिएको हो। वडा नम्बर १४, १८ र १९ मा हाइमास्ट लाइट जडान गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको निजी सचिवालयले जनाएको छ। स्याउले बजार, डिपो बजार र पच्चिस घरमा हाइमास्ट लाइट जडान गरेर शनिवार उद्घाटन गरिको छ। लाइट जडानपछि उक्त क्षेत्रमा रातिको समयमा हुने अपराधिक क्रियाकलप कम हुने अपेक्षा गरिएको छ भने हुलाकी राजमार्ग झिलिमिली भएको छ।

Read More

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणबाट तीन जना  घाइते भएका छन् । घाइते हुनेहरुमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न मौनाखोला नजिकको जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको जनाइएको छ ।

Read More

धनगढीः कैलालीको धनगढीस्थित एक खाद्य स्टोरमा आगलागी भएको छ। हिजो (शनिवार)राति धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीको पिपि ट्रेडर्समा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट स्टोरभित्र रहेको गोदाम पूर्ण रुपमा नष्ट भएको र त्यहाँ रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान जलेको प्रहरीले जनाएको छ। आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालकको दाबी छ। तर प्रहरीले भने प्राविधिकले क्षति विवरण संकलन गरिरहेको बताएको छ। धनगढी उपमहानगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

Read More

सप्तरी: सप्तरीको रुपनी गाउँपालिका-१ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । म शम्भुनाथ नगरपालिका-२ का २४ वर्षीय मो. तफेजुलको शव फेला परेको स्थानीयले जानकारी दिएका छन्। रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने र अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख खोलेका छन् । उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन् । ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस् । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउँदिन म चाहिँ । तपाईँहरूलाई…

Read More

धनगढी: नेपाल प्रहरीका पूर्व एसएसपी लब विष्टले कांग्रेस नेतृ डा. आरजु देउवाप्रति लक्षित गर्दै पैसाको बिटोसहित नभेट्दा बढुवा हुनबाट बन्चीत भएको आरोप लगाएका छन्। आरजुको नामै नलिइ उनले बूढानीलकण्ठमा बस्ने भाउजू भनेर इंकित गरेका हुन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू प्रहरी सेवामा रहँदा दुई पटक राजनीतिक आक्रमण भएको दाबी गरेका छन् । उनले झुटा डाँका मुद्दा दर्ता नगर्दा २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरेको उनले बताएका छन् । यस्तै कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत बूढानीलकण्ठ बस्ने भाउजूलाई  चाकडी गर्न नमान्दा बढुवा हुनबाट बन्चीत भएको र अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नुपरेको बताएका छन् ।

Read More