Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो। छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो। उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो।

Read More

काठमाडौं: गत शुक्रबार गृहमन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा सिफारिस ग¥यो। गृहमन्त्रालयका सचिब विनोद सिंहको अध्यक्षमा बसेको बढुवा समितिको बैठकले एसएसपीको प्रतिस्पर्धामा रहेका २५ जना एसपीमध्ये १८ जनालाई बढुवा सिफारिस गरेको थियो। त्यसको एकसाता अघिमात्रै सोही बढुवा समितिले २९ चैतमा १८ जना एसएसपीबाट १३ जनालाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई बढुवा गरेको थियो।तर, यी दुबै बढुवा विवादरहित भने हुन सकेन। ब्यवसायिक प्रहरी अधिकारीलाई बढुवा छुटाएर राजनीतिक पहुचका भरमा बढुवा गरिएकोभन्दै प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुवँरको तीव्र आलोचना हुन थालेको छ। डीआईजी बढुवामा छुटेका एसएसपी चक्रबहादुर सिंह र एसएसपीको बढुवा छुटेका एसपी नान्तिराज गुरुङले सार्वजनिक रुपमै…

Read More

धनगढी: दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन्। तीन जनाको भने हिजो शव फेला परेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको छ। हिजो ३ जनाको शव फेला परेको र अझै २ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। हिजो भेटिएका तीन वटै शवको सनाखत भइसकेको प्रहरी निरीक्षक सिंहले बताए। उनका अनुसार नक्नी डोमा थापा, कमला कुँवर र प्रवीण कुँवरको शव फेला परेको हो। कमला र प्रवीण आमा छोरा हुन्। हिम पहिरोमा बेपत्ता…

Read More

धनगढीः धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङ चोरी भएका छन्। हिजो धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू चोरी भएको जनाएको छ। भन्सारदेखि चौराह क्षेत्रका सडकमा लगाएका रेलिङहरू चोरी भइरहेको नगरपालिकाले जनाएको हो। यसअघि त्यहाँ रोपिएका फूलहरुसमेत चोरी भएको गुनासो आएको थियो।

Read More

धनगढी: कञ्चनपुरको शुक्लाफाँटामा एक प्रधानाध्यापकले कुटेर बालिका घाइते भएकी छन्। शुक्लाफाँटा–३ को जनज्योती आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता चौधरीले कक्षा २ मा अध्ययनरत बालिकामाथि कुटपिट गरेकी हुन्। चौधरीको कुटपिटबाट ८ वर्षीय बालिका सिया चौधरीको हातमा चोट लागेको छ।बालिकाकी आमाले सरसफाई नगरेको भन्दै प्रधानाध्यापकले कुटपिट गरेको बताइन्। कक्षा २ मा अध्ययनरत २० जना बालबालिकालाई प्रधानाध्यापकले कुटपिट गरेको स्थानीय प्रकाश चाधरीले बताए। प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ। तर यता चौधरीले भने अन्जानमा विद्यार्थीलाई चोटपटक लागेको बताइन्।

Read More

धनगढीः बैतडीमा एक वडा कार्यालय तोडफोडको प्रयास गरिएको छ। जिल्लाको पाटन नगरपालिका–९ को कार्यालयमा तोडफोडको प्रयास भएको हो। मंगलबारको रात कार्यालयमा यस्तो घटना भएको बताइएको छ। वडा अध्यक्षको कार्यकक्षमा लगाएको तालामा ढुङ्गा हानेर फुटाउने प्रयास भएको भनिएको छ। तर कसले र किन भन्नेबारे भने केही पत्तो नलागेको प्रहरीले जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको खोड्पे प्रहरीको भनाई छ।

Read More

डडेल्धुरा: कञ्चनपुर प्रहरीले पशु करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई समातेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-१० का मनोज खुना रहेका छन्। जिल्ला अदालतले उनलाई २०७७ चैतमा १ महिना २० दिनको कैद सजायको फैसला गरेको थियो। उक्त फैसलापछि फरार रहेका खुनालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ गरेपछि अदालतमा पेश गरिएकोमा आज अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी: कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक किशोर समातिएका छन्। जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।   किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएकी थिइन्। अनुसन्धानका लागि प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा सडक अवरुद्ध पारिएको छ। सोमबार डिभिजन वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीले अतिक्रमण गरेर निर्माण गरेर निर्माण गरेका टहरा भत्काएपछि उनीहरुले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। घर टहरा भत्काएपछि आफुहरुको जाने ठाउँ कहिँ नभएकोमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।

Read More

धनगढी: अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णय फिर्ताको माग गर्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले धनगढीमा प्रदर्शन गरेको छ । धनगढीस्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने तयारीका साथ सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो। देशमा आर्थिक अवस्था जटिल बन्दै गइरहेका सरकारको उक्ता निर्णय देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघले माग गरेको छ। जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले सरकार तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन सुरु हुने चेतावनी दिएका थिए।

Read More