Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।  भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।  यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्। यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका- ८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो। केही दिनअघि बिरामी परेकी उनलाई हिजो नै जोगबुढा अस्पताल पुगाइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए। संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको थियो। यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।संगितासहित एकै परिवारका ५ जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। यसैबीच मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको…

Read More

धनगढी: कैलालीको धनगढीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्वास्थ्यकर्मी तथा कर्मचारी माग गरेको छ। धनगढी उपमहानगरपालिका पुरानो भन्सार रोड नजिक सञ्चालनमा रहेको हस्पिटलले ल्याब टेक्निसियन, फार्मेसी अफिसर, फार्मेसी असिस्टेन्ट र मार्केटिङ स्टाफ गरि ८ जनाको माग गरेको हो।

Read More

काठमाडौं: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानमा तनावको स्थिति उत्पन्न भएको छ । देशैभर इमरानका समर्थकले आगजनी र तोडफोड गरिरहेका छन् । इमरानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टी ले देशभर विरोध प्रदर्शनको आह्वान गरेको छ । हिंसालाई ध्यानमा राख्दै पाकिस्तानमा धारा १४४ लागू गरिएको छ। पाकिस्तानमा मोबाइल इन्टरनेटपछि ट्विटर सेवा बन्द भएको छ ।  व्हाट्सएप र फेसबुक लगायतका सबै सामाजिक सञ्जालहरू पनि बन्द गरिएका छन्। गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो । इमरानलाई इस्लामाबाद उच्च अदालतबाट पनि झटका लागेको छ। उच्च अदालतले इमरानको गिरफ्तारीलाई सदर गरेको छ ।

Read More

धनगढी: अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा विनोद विष्ट (विनोद सी) चयन भएका छन्। हालै बसेको केन्द्रिय कमिटी बैठकले उनलाई नेकपा विप्लव निकटको अखिलको केन्द्रिय सदस्यमा चयन गरेको हो। उनी लामो समयदेखि बझाङ र कैलालीसहित सुदूरपश्चिममा विद्यार्थी राजनीति गर्दै आएका छन्।

Read More

धनगढीः बझाङको चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँका स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार देउलेखबाट सुनकुडातर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध पारेका छन्। सडक खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। अहिले पीडित, पीडक र प्रहरीबिच छलफल र बैठकको…

Read More

-खगेन्द्र गिरी राजतन्त्र हुँदा विशेषत: निर्दलीय पञ्चायती व्यवस्थामा छोरा, नाती, साला, भतिजा, भाइ, बुहारी, सम्धी, सम्धिनी, जुँवाई, साढु, मित र प्रेमीप्रेमिकाहरुलाई सांसद, सभासद, मन्त्री, मेयर बनाउने चलन थिएन। त्यसो गर्न पञ्चहरु संकोच मान्थे। नैतिकताको एउटा अनौंठो बन्धन थियो राजनीतिमा। पञ्चायतका कुनै पनि प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, राजसभा स्थायी समितिका सभापति र मन्त्रीहरुले नातावाद, कृपावाद र परिवारवादलाई मौलाउन दिएको कहिल्यै देखिएन। तीस वर्षे पञ्चायतकालमा छ जना प्रधानमन्त्री भए । अचेल कहाँ छन्? के गर्दै छन् त उनीहरुका सन्तानहरु? सबै राजनीतिको रङ्गमञ्चभन्दा टाढा आफ्नै जीवनको अनुशासित सीमाभित्र रमाइरहेका छन्। पञ्चायत कालीन प्रधानमन्त्रीहरु मध्ये अपवादको रुपमा सूर्यबहादुर थापाका एक्ला छोरा सुनीलबहादुर…

Read More

काठमाडौं: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्। उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन्। सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ। ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्। मंगलबार जिल्लाको लम्कीचुहा नगरपालिका-९ बनबासाबाट भजनी नगरपालिका-३ बस्ने २२ वर्षीय रन्जित पौडेल र २४ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार उनीहरुको साथबाट ५५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

Read More

डडेल्धुरा: सामान्यतया हामीले बुझेको फार्मेसी पढेकाहरुले मेडिकल सञ्चालन गरेका हुन्छन्। उनीहरुले नै औषधी विक्रीबितरण गर्छन्। तर मान्नुहुन्छ डडेल्धुरामा कमर्स(लेखा) अध्ययन गरेका व्यक्तिले धमाधम औषधी बेचिरहेको भेटिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवाईमा जिल्ला स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, नेपाल प्रहरी र पत्रकारसहितको टोलीले अमरगढी नगरपालिका–५ तुफानडाँडा बजार क्षेत्रका मेडिकल र औषधी पसल अनुगमन गर्दा यस्तो भेटिएको हो। जिल्ला सदरमुकाममा आधा दर्जन बढी मेडिकल र औषधी पसल छन् । कर कार्यालयमा दर्ता गरि फर्मको पान नम्बर एक जना फार्मेसीको नाममा छ तर फर्म दर्ता भएका व्यक्ति मेडिकल र औषधी पसलमा बस्दैनन्। यहाँका मेडिकल र औषधी पसल फार्मेसी विषय अध्ययन गरेका व्यक्तिहरु…

Read More