दाङ : दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका-३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ९ फिट ६ इन्च लामो र ५ फिट १० इन्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो ४३० ग्राम) बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box