Author: महेन्द्रनगर पोष्ट

दार्चुला: जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेरामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। भारतसँग सीमा जोडिएको वडा नं. ४ मा सोमबार एक कार्यक्रमकाबीच बीओपीको उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, नं. ७ बैधनाथ बाहिनी अत्तरियाका सहायक बाहिनीपति एसएसपी किरण ढुंगाना र प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बीओपीको उद्घाटन गरेका छन्। बीओपी स्थापनाले पालिकामा शान्तिसुरक्षा कायम हुने विश्वास लिइएको छ। भारतसँग जोडिएको सीमामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुका पुलको सुरक्षा हुने गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए। सुन्सेरा बीओपीले महाकाली नदीमाथि रहेका ४ वटा झोलुंगे पुलको पनि सुरक्षा गर्ने छ। सुन्सेराबाट नजिकको पुलको दूरी करिब ४५ मिनेट रहेको…

Read More

डडेल्धुरा: डडेल्धुरामा जुवा खेलिरहेका ४ जना पक्राउ परेका छन्। आज सोमबार बिहानै ४ बजे जिल्लाको अमरगढी नगरपालिका- ७ स्थित जोशीगाउँ बस्ने दिपक राज जोशीको कुखुरा फर्मको लागि बनाइएको घरभित्रबाट उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्नेमा अमरगढी ७ का ३८ वर्षीय तेज कैनी, सोही ठाउँका ४० वर्षीय खेम बोहरा, वर्ष ३३ का दिपक राज जोशी र वर्ष ३४ को प्रेम बोहरा रहेका छन्। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई ३९ हजार ३९५ रुपैयाँसहित समातिएको प्रहरीले बताएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

Read More

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ।  लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको क्यानका चिकित्सक डा अभिषेकराज सिंहले जानकारी दिए। लामिछाने भोलि नै डिस्चार्ज हुने र २ हप्तापछि नियमित खेलहरुमा फर्किने डा सिंहले बताए। सन्दीपलाई करिब दुई वर्षदेखि शारीरिक समस्या देखिएको थियो। उनले पेनकिलर खाएर दुखाईको सामना गर्ने गरेका थिए।

Read More

काठमाडौं: रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षका रानवीर कामी, भूमे-३ का ५९ वर्षका सम्पती रोका र उनकी पत्नी ५७ वर्षीय विनसरी रोका रहेका छन्। भूमे गाउँपालिका-६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए। सोधपुछका क्रममा उनीहरुले मासुका लागि लडेर मरेको गाई काटेर बताएका छन्। गाई नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर मार्नेलाई तीन वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका-९ का ३६ वर्षीय भक्त बहादुर थापा मृत फेला परेका हुन्। उनी घर नजिकैको खेतमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

धनगढी: भन्सार छलेर भारतबाट भित्र्याइएका बिभिन्न सरसमानसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सोमबार दिउसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–५ स्थित सुकासालबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएको दाल, मिश्री र चिनीलगायत सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार २ लाख ७९ हजार हजार ३ सय ५० रुपैयाँ बराबरका सामान र मोटरसाइकल तथा स्कुटरसहित ५ जना ब्यक्ति पक्राउ परेका हुन। बरामद सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

Read More

धनगढीः  कैलालीमा एक कुखुरा फर्ममा  आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको छ। गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा  आगलागी भएको हो। आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीले जनाएको छ।

Read More

धनगढीः हिमपहिरोमा बेपत्ता भएकामध्ये बझाङ र दार्चुलामा २ जनाको शव फेला परेको छ। बझाङको सुर्मा गाउँपालिका– १ देवडी घर भएकी ३३ वर्षीया झल्नादेवी बोहराको र दार्चुलामा बेपत्ता भएकी डोटी जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो। यार्सागुम्बा संकलनको लागि पार्थिहिमाल गएको अवस्थामा वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएकी बोहराको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। दार्चुलामा फेला परेको शव मंगलबारदेखि बेपत्ता महिलाको हो। त्यसदिन हिम पहिलोमा बेपत्ता भएका पाँचजना मध्ये चार जनाको शव फेला परि सकेको छ भने १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ। उनको…

Read More

-कविता जोशी हराएको यात्रीजस्तै भाको छ जिन्दगीखिलहरुले मेरा पाईताला बनेका छन्ढुंगा माटोले बुझ्छन्मेरो कहानीखोइ त हजुर ?आशुले भिँजेकायी आँखाको भाषा बुझेको ? रातमा, मलाई नियालि नियालि गिज्याइरहन्छन् ताराहरुलेछानाका प्वालहरुबाटचिसो चुलोको किनारमालडिरहन्छ जिन्दगीदुई टुक्रा रोटी कुरेर यो निर्जीव अध्यारा कोठाको भित्ताहरुलेसुन्छन् मेरो मुटुको धड्कनतपाईंका कानले सुन्दैनन् ?जो आफ्नै गतिमा बजारिएको हुन्छजून ताराहरुले देख्छन्चर्किरहेको मेरो जिन्दगीलाईदेख्दैनन् तपाईंलेका आँखाहरुले ? प्वाल पारिदिन्छ शितलेमुटुजस्ता कापी किताबहरुनिलिदिन्छ खियाले डट्पेनका शिरहरुखोई त मकेले लेखुँ ?केमा लेखुँ ?कसरी लेखुँ ? तपाईंले सिकाउनु भएको ज्ञानम सित शब्द नभएको होइनवर्णन गर्ने सार मिलेनभन्ने मेरो शैली मिलेनअह मैले भनेको खोई ?यो अजिव सहरका ठुल्ठूलाघरका भित्ताजस्ता मनले बुझेन नसुनाउनुस् अब मलाईसङ्घर्षका…

Read More

धनगढीः कैलालीको भाँसु भिरमा ट्रक खसेको छ। हिजो (आइतबार) राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको ट्रक चुरे गाउँपालिका–५ खानीडाडास्थित भाँसु भिरमा खसेको हो। प्रहरीका अनुसार खाली ग्यास सिलिण्डर बोकेको ट्रक भिरमा खसेर दुर्घटना भएको हो। ट्रक भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्र बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको ट्रक दुर्घटनामा परेको हो। गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।

Read More