कञ्चनपुरः कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरी फरार रहेका लालबहादुर ऐर ३१ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको साविकको झलारी गा.वि.स–५ का उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर ८ गते तीन दिन कैद तोकेको थियो ।
उनी आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Facebook Comments Box