Author: महेन्द्रनगर पोष्ट

धनगढीः बझाङको चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँका स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। मंगलबार जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सले मोटरसाइकललाई ठोकेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार देउलेखबाट सुनकुडातर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको निधन भएको थियो। सोही दुर्घटनापछि आक्रोशित भएका स्थानीयले क्षतिपूर्तिको माग गर्दै हिजो साँझबाटै देउलेकमा राजमार्ग अवरुद्ध पारेका छन्। सडक खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। अहिले पीडित, पीडक र प्रहरीबिच छलफल र बैठकको…

Read More

-खगेन्द्र गिरी राजतन्त्र हुँदा विशेषत: निर्दलीय पञ्चायती व्यवस्थामा छोरा, नाती, साला, भतिजा, भाइ, बुहारी, सम्धी, सम्धिनी, जुँवाई, साढु, मित र प्रेमीप्रेमिकाहरुलाई सांसद, सभासद, मन्त्री, मेयर बनाउने चलन थिएन। त्यसो गर्न पञ्चहरु संकोच मान्थे। नैतिकताको एउटा अनौंठो बन्धन थियो राजनीतिमा। पञ्चायतका कुनै पनि प्रधानमन्त्री, प्रधान न्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, राजसभा स्थायी समितिका सभापति र मन्त्रीहरुले नातावाद, कृपावाद र परिवारवादलाई मौलाउन दिएको कहिल्यै देखिएन। तीस वर्षे पञ्चायतकालमा छ जना प्रधानमन्त्री भए । अचेल कहाँ छन्? के गर्दै छन् त उनीहरुका सन्तानहरु? सबै राजनीतिको रङ्गमञ्चभन्दा टाढा आफ्नै जीवनको अनुशासित सीमाभित्र रमाइरहेका छन्। पञ्चायत कालीन प्रधानमन्त्रीहरु मध्ये अपवादको रुपमा सूर्यबहादुर थापाका एक्ला छोरा सुनीलबहादुर…

Read More

काठमाडौं: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन्। उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन्। सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ। ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्। मंगलबार जिल्लाको लम्कीचुहा नगरपालिका-९ बनबासाबाट भजनी नगरपालिका-३ बस्ने २२ वर्षीय रन्जित पौडेल र २४ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार उनीहरुको साथबाट ५५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

Read More

डडेल्धुरा: सामान्यतया हामीले बुझेको फार्मेसी पढेकाहरुले मेडिकल सञ्चालन गरेका हुन्छन्। उनीहरुले नै औषधी विक्रीबितरण गर्छन्। तर मान्नुहुन्छ डडेल्धुरामा कमर्स(लेखा) अध्ययन गरेका व्यक्तिले धमाधम औषधी बेचिरहेको भेटिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवाईमा जिल्ला स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, नेपाल प्रहरी र पत्रकारसहितको टोलीले अमरगढी नगरपालिका–५ तुफानडाँडा बजार क्षेत्रका मेडिकल र औषधी पसल अनुगमन गर्दा यस्तो भेटिएको हो। जिल्ला सदरमुकाममा आधा दर्जन बढी मेडिकल र औषधी पसल छन् । कर कार्यालयमा दर्ता गरि फर्मको पान नम्बर एक जना फार्मेसीको नाममा छ तर फर्म दर्ता भएका व्यक्ति मेडिकल र औषधी पसलमा बस्दैनन्। यहाँका मेडिकल र औषधी पसल फार्मेसी विषय अध्ययन गरेका व्यक्तिहरु…

Read More

काठमाडौँ: हाल देशमा  स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा हुरीको सम्भावना रहेको छ। राति भने गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढीः कञ्चनपुमा ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका तरकारी, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।

Read More

धनगढीः दार्चुलामा आज ट्याक्टर दुर्घटना भएको छ। प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका वडान नं–२ को सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो। मंगलबार दिउँंसो देथलाबाट बालुवा लोड गरेर रौतडा तर्फ जाँदै गरेको सुप –प्र ०१००२ त ६१६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका थिए।ट्याक्टर दुर्घटनामा बैतडीको डिलाशैनी गाउँपालिका मौनी बस्ने १९ वर्षका चालक गोपालसिंह धामी, सहचालक डिलाशैनी ३ कुनथला बस्ने २५ वर्षका कपिल बोहरा, ट्याक्टरमा सवार दार्चुलाको सालिखेत बस्ने ५७ वर्षका प्रेमसिंह धामी, सोही ठाउँ बस्ने बस्ने १४ वर्षका प्रशान्त धामी घाइते भएका थिए। सामान्य उपचारपछि घाइते सबैजनाको घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता…

Read More

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको बञ्चरोको प्रहारबाट मृत्यु भएको खुलेको छ। शनिबार गाउँलेहरुसँग बैजनाथ सामुदायिक वनमा काठ काट्न गएका उनको बञ्चरो प्रहारबाट मृत्यु भएको खुलेको हो। काठ काट्ने क्रममा स्थानीय ५१ वर्षीय लालबहादुर डगौराले चलाइरहेको बञ्चरो उछिट्टिएर अनिलको मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले बताए। लालबहादुरले साबिती बयान दिएपछि प्रहरीले ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेको छ। घटनास्थल नजिकैबाट प्रहरीले बञ्चरोलगायतका काठ काट्न प्रयोग हुने औजार नियन्त्रणमा लिएको छ। उनीसँगै पक्राउ परेका ४ जनालाई परिवारको जिम्मा लगाइएको छ। यसै गरि डिभिजन वन कार्यालय कञ्चनपुरले पनि काठ…

Read More

बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई झ्यालखाना पठाइएको छ। भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालतको आदेशमा चैत्र २१ गते बिहीवार ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए। गत पुस १५ मा घटना भएपनि पीडितको निवेदनपछि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरिसकेको छ।

Read More