Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको पुनर्वासबाट प्रहरीले एक जना फरार कसुरदारलाई पक्राउ गरेको छ। चोरी मुद्दामा अदालतबाट सजाय पाएपनि लुकिछिपी हिँडिरहेका पुनर्वास नगरपालिका–६ ङ गाउँ हरिचोकका ६६ वर्षीय वीरबहादुर खड्का पक्राउ परेका हुन। बुधबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा खटिएको टोलीले खड्कालाई पक्राउ गरेको जनाएको छ। उनलाई कञ्चनपुर जिल्ला अदालतले चोरी मुद्दामा १ वर्ष १ महिना २५ दिनको कैद सजाय सुनाएको थियो। त्यसपछि खड्का फरार रहेका थिए। प्रहरीले घर अगाडिको बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीमा प्रहरीले घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय हसुलियाले कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो। कैलाली प्रहरीको आदेशअनुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएका ९० लिटर घरेलु रक्सी बरामद गरिएको हो। बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिँह नियुक्त भएका छन्। सिंहलाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ। डडेल्धुरा अस्पताल विकास समितिमा एक कार्यकाल अध्यक्ष भइसकेका सिँहको यो तेस्रो कार्यकाल हो। मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो।

Read More

काठमाडौं: जनआन्दोलन २०६२/६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा हिजो बेलुका निधन भएको हो । २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका थिए । मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख…

Read More

दार्चुला: भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टेबाजी गरेको आरोपमा दार्चुलामा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन्। उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।

Read More

काठमाडौँ: पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ। देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन्। पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ।  पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ। कुरैशीलाई बुधबार पक्राउ गरिएको हो।  इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो ।

Read More

दैलेख: दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ। नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।  ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन्। अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ। सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् ।  आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए। बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन्। गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो। 

Read More

काठमाडौं: काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ। बिहिवार बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ। ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएको तर प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ। १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौं मै अवतरण गराइएको थियो। नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ।

Read More

बाजुरा : बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीवार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही बैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

Read More

दार्चुला: दार्चुलाको ब्याँस गाउँपालिका १ भोलुममा गएको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ। बुधबार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए। दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकामा आज छिमीको शव फेला पारेको हो। यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।  वैशाख १९ गते गएको हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७…

Read More