Author: महेन्द्रनगर पोष्ट

धनगढी : एमाले नेतृ एवम कास्की निर्बाचन क्षेत्र नम्बर २ कि सांसद विद्या भट्टराई शिक्षा मन्त्री बनेकी छन् । शिक्षा मन्त्री बनुकी विद्या स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालिन सँस्कृति तथा पर्यटन मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । अधिकारीको निधनपछि रिक्त भएको स्थानमा एमालेले विद्यालाई उमेद्वार बनाएको थियो । त्यो निर्बाचन जितेकी भट्टराई कास्की २ बाट २०७९ सालमा दोश्रो पटक पनि प्रत्यक्ष निर्बाचित भएकी जनप्रतिनिधि हुन् ।

Read More

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्।  उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ। यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री: १) केपी शर्मा ओली, प्रधानमन्त्री२)प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास मन्त्रालय ३)विष्णु पौडेल उपप्रधान तथा अर्थ४)पृथ्वीसुब्बा गुरुङ, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय५)रमेश लेखक, गृह६)शरदसिंह भण्डारी, श्रम रोेजगार मन्त्रालय७)आरजु राणा, परराष्ट्र मन्त्रालय८)प्रदीप यादव, खानेपानी मन्त्रालय९)बलराम अधिकारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय१०)दामोदर भण्डारी, उद्योग वाणिज्य११)नवलकिशोर साह सुडी, महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक…

Read More

धनगढीः कैलालीका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने ३५ वर्षीय जिवन लामा आइतवार मृत अवस्थामा फेला परेका हुन्। लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले मन्त्रीको नाम टुंग्याएको छ । कांग्रेस उपप्रधान तथा सहरी विकास मन्त्रालयमा प्रकाशमान सिंहको नेतृत्वमा केपी ओली सरकारमा जाने भएको हो । सभापति शेरबहादुर देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाएका छन् । इतर समूहले ४ मन्त्रालय पाउनुपर्ने अडान राख्दै नाम दिन ढिलाइ गरिरहेका थिए । तर, देउवाले तीन मन्त्रालयभन्दा दिन नसक्ने सुनाएपछि शेखर कोइराला र गगन थापा समूहले पाण्डे, पौडेल र अधिकारीको नाम दिएका हुन् । कसलाई कुन मन्त्रालय ? १. प्रकाशमान सिंह- उप प्रधानमन्त्री शहरी विकास २. रमेश लेखक-गृह ३. आरजु राणा-परराष्ट्र ४. दीपक खड्का-ऊर्जा ५. ऐनबहादुर शाही- वन ६. अजय चौरसिया- कानून ७. तेजुलाल चौधरी-…

Read More

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट दर्ताको क्रममा रहेको बताए। ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ। संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा जिकिर गरिएको छ। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए। खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन्।

Read More

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’, उनले भनेका छन् ।

Read More

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन…

Read More

धनगढी : कांग्रेस एमाले गठबन्धनको नयाँ सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा कांग्रेसबाट तीन जना र एमालेबाट एक जना गरि चा मन्त्रीको टुङ्गो लागेको हो । कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा आरजु देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेको टुङेगो लागेको छ । यस्तै एमालेबाट उद्योगमन्त्री दामोदर भण्डारी दोहोरिँने भएका छन् । नयाँ मन्त्रीहरूको शपथ आजै हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ। संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा…

Read More

धनगढीः  कैलालीको गोदावरीमा अटोले ठक्कर दिँदा दुई जना घाइते भएका छन्। गोदावरी नरपालिका–३ मा अत्तरियादेखि खमौरा जाँदै गरेको अटोले साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन। आज (आइतवार) दिउँसो से १ ह २७१८ नम्बरको अटोले साइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका–३ मालाखेतीका ५ वर्षीय निमेष भट्टराई र गोदावरी–३ कृष्ण मन्दिरका १७ वर्षीय लोकेश भट्टराई घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइते दुवै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। अटो चालक गोदावरी–१० खैमौराका योगेन्द्र खड्कालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढीः कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ एकतापुर शिविरमा बस्ने ११ वर्षीय आरनेल चौधरीको मृत्यु भएको हो। उनी  घर नजिकै आकासे  पानीले जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। पानीमा डुबेर बेहोस भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगेकामा डाक्टरले मृत घोषणा गरेका थिए। उनको शव अहिले सोहि अस्पतालको शव गृहमा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

Read More