Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसद्‌मा पुर्‍याउने बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताएका हुन्। ‘केही कानुन नयाँ बनाउनुपर्ने छ। केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं। बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्। अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने। प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउन प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रहरी समायोजन ऐन २०७६ छ। संघ र प्रदेशको प्रहरीबीच समायोजन…

Read More

काठमाडौं : शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१/०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ । पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ । त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ । अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा हिजो देखि राजस्व संकलनको काम ठप्प भएको छ। संविधानअनुसार प्रदेश सरकारको बजेट निर्धारित मितिभित्र पारित हुन नसक्दा सम्पूर्ण राजस्व संकलनको काम ठप्प बन्न पुगेको हो। बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा घरजग्गा दर्ता, सवारीसाधन दर्ता, नवीकरण, नामसारी, बाटो इजाजतलगायत राजस्व संकलनका काम ठप्प छन्। राजनीतिक खिचातानीका कारण सुदूरपश्चिमको बजेट शून्यताको अवस्थामा पुगेको हो। प्रदेश सरकारले असार मसान्तभित्र बजेटसम्बन्धी कानुन पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था सिर्जना भएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन मंगलबारदेखि आम्दानी र खर्च गर्न नपाउने भएपछि सुदूरपश्चिम सरकारको आर्थिक गतिविधि ठप्प बन्न पुगेको छ। बजेटसम्बन्धी कानुनी रिक्तताका कारण प्रदेश सरकारको आम्दानी र खर्चको ढोका…

Read More

काठमाडौं : चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। घटनास्थलको अवलोकन, चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गरि उद्धार प्रकृयाबारे जानकारी लिन अध्ययन टोली चितवन पुगेको हो । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय टोली चितवन पुगेको छ । उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका हुन्। यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने कार्यदलले जनाएको छ । गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदललाई १० दिनभित्र…

Read More

धनगढी : नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले जिल्लामा आएको विपदबाट विस्थापित भएकाहरूलाई राहत तथा पुनर्स्थापना गर्न तथा मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा माग पत्र बुझाउँदै जिल्ला अध्यक्ष लक्ष्मी बुढाले जिल्लामा २२ देखी २४ गतेसम्मको बाढीले ठूलो समस्या पैदा गरेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताएकी थिइन् । ‘मृतकका परिवारलाई क्षतिपूर्ति, घरबारविहीन परिवार, घरभित्र पानीपसि भित्रको खाद्यान्न नष्ट भई वर्षभरिको अन्नविहीन भएका परिवारहरू लगायत माथि उल्लेखित सबै पीडितहरूलाई यथाशीघ्र राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्दछौँ’ प्रधानमन्त्री ओलीलाई बुझाइएको माग पत्रमा उल्लेख गरिएको छ । कञ्चनपुरमा पानीमा डुबेर चार जनाको मृत्यु…

Read More

धनगढीः आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ। कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लाका स्थानीय तह कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिएका हुन्। २४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन्। कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए। पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो। राज्यले २०५७ साउन २ गते कमैया…

Read More

धनगढी : कञ्चनपुरमा छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे छाडा गाईसंग ठोक्किदा दुर्घटना भएको थियो। मोटरसाईकल गाईसंग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसी गम्भिर घाईते भएका थिए। गम्भिर घाईते भएका पुरैसीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीण तर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३…

Read More

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी…

Read More

काठमाडौँ : गएको शुक्रबार मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेर भएको दुर्घटनाका हराइरहेकामध्ये १७ जनाको शव फेला परेको छ। दुर्घटनाको पाँचौँ दिनसम्म १७ वटा शव फेला परेको खोजीकार्यमा जुटिरहेको सशस्त्र प्रहरीले जनाएको छ। भेटिएका १७ शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटा शव पहिचान हुन बाँकी छ। सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाका शव छन्। सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्। शुक्रबार भएको सो घटनापछि सोमबार ९असार ३१ गते० मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण…

Read More

काठमाडौँ : नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) ३० वर्षे सेवा अवधि नपुग्दै बिदा हुने भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची उमेर हदका कारण ३० वर्ष प्रहरी सेवामा रहन नपाउने भएका हुन्। महानिरीक्षक कुँवर भने अहिलेकै व्यवस्थामा आगामी चैत ५ गतेसम्म सेवामा रहनेछन्। तर उनकै ब्याचका एआईजीहरु श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र एआईजी दीपक थापाको ब्याचका भीमप्रसाद ढकाल उनीभन्दा पहिल्यै अवकाश हुने भएका हुन्। उनीहरु तीनैजना एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश हुन लागेका हुन्। प्रहरीमा अवकाशका लागि तीनवटा नियम छन्। ३० वर्षे सेवाअवधि, उमेर हद र पदावधिमध्ये जुन पहिले आउँछ, सोही कारण अवकाश हुने व्यवस्था छ। प्रहरीको केन्द्रीय…

Read More