Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछाममा असिनासहित वर्षा भएको छ। आज (आइतवार) राति अछाम सहित सुदूरपश्चिमका विभित्र स्थानहरुमा असिनासहित वर्षा भएको हो। आज नै देशको राजधानी काठमाडौंमा पनि दिउँसो पानी परेको थियोे।

Read More

-दशरथ धामी घाम लाग्न पनि सक्छबादल लाग्न पनि सक्छ मौसको के कुरा ?आउ एक छिन देशको कुरा गरौं हरेक महिना फेरिने सरकारको के कुरा गरौंजनताको हितको लागि बरु विकासको कुरा गरौं सरकार मात्र फेरिने कुरा किन सरकारआउ एक छिन आपनो भविस्य फेरिने कुरा गरौं आउ एक छिन यो देशको नीति फेरिने कुरा गरौंगठबन्धनको तुइन फेरि पनि चुडिन सक्छ मिसन र भिजन फेरि पनि पडकिन सक्छत्यही भएर कति कुटनीति र राजनितीका कुरा गर्ने आउ एक छिन सबै विस्फोटन कविताका कुरा गरौआउ एक छिन सबै देश निर्माणका कुरा गरौ।

Read More

-आकाश खड्कास्ववियु निर्वाचनको आगाडी विभिन्न प्रलोभनमा पारेर आफुतिर आकर्षित गर्दै पार्टीको नाम जोडेर विभिन्न संगठनले आआफ्ना दलका नाम पछाडी पार्टीको ट्याग लगाइदिने गरेका छन्। विद्यार्थीका शैक्षिक सुधार गर्नका लागि कुनै पनि संगठन लागेका छैनन्। बिद्यार्थीका हक हितका लागि नबोल्ने त्यो भन्दा मेरो संगठमा आउनु भनेर बिन्ती गर्ने काम गर्छन्। चैत ८ गते सुदुरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन हुँदै छ। विधार्थी संगठनहरु निर्वाचनको लागि क्लास कमिटी र प्रचारप्रसारमा व्यस्त छन्। यस क्रममा नयाँ शैक्षिक सत्र ७९ को भर्ना को लागि पनि धेरै भर्ना गर्ने होड चलिरहेको छ र त्यसैमाथि भर्ना भएकै दिनदेखि आफ्नो संगठनमा ल्याउनको लागि विभिन्न प्रलोभनमा…

Read More

धनगढीः बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन्। आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो। भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए। ‘हामी लामो समय देखी आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ।’ भोली बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए।…

Read More

धनगढीः बैतडीमा वनभोज खान गएका युवक मृत अवस्थामा भेटिएका छन्। दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले शनिबार साथीहरुसँगै वनभोज खान गएका बुडाल राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको जानकारी दिए। उनकाअनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा उनको शव भेटिएको हो। घटनास्थल कार्य सकेर बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए। उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज…

Read More

डडेल्धुराः अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टका अनुसार करिब ४ किलो बाघको हड्डीसहित शनिबार राति बाजुराको बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वलीलाई पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीको दुई बेग्लाबेग्लै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्तामा ७५ वर्षीय वृद्ध लाहनु चौधरी मृत फेला परेका हुन्। उनी आफ्नै घर छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेका थिए। मृत्युको कारण भने खुल्न सकेको छैन्। यस्तै कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक पनि शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। यी दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Read More

धनगढीः बाजुराको एक वडा कार्यालयले विवाह गर्दा स्वीकृति अनिवार्य गरेको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० का स्थानीयले विवाह गर्दा अनिवार्य रुपमा वडा कार्यालयको स्वीकृती लिनुपर्ने भएको हो। विवाह गर्नकै लागि वडा कार्यालयले मापदण्डसमेत बनाएको छ। यदी कसैले वडा कार्यलयको स्विकृती बिनै विवाह गरेमा वा गरेको पाइएमा वडा कार्यालयबाट प्राप्त हुने जुनसुकै सेवा सुविधाबाट बन्चित गरिने वडा अध्यक्ष दलबहादुर साउँदले बताए। यद्यपि वडा कार्यालयले बालविवाह न्युनिकरण गर्नका लागी यस्तो कदम चाल्नुपरेको जनाएको छ। वडा कार्यालयले विवाहका लागि स्विकृती नलिई विवाह गरेको पाइएमा सेवा सुविधाबाट बन्चित गराइने पनि जनाइएको छ।

Read More

धनगढीः बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत रहेका जीवन बुडालको मृत्यु रहस्यमयी बन्दै गएको छ। दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए। मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए। बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए। शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन। बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए। दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका…

Read More

गुलरिया: कंचनपुर कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा न ८ मा रहेको रैकवार स्वास्थ्य चौकिमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सनिवार रैकवार स्वास्थ्य चौकिमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन । नगरपालिकाका वडा न ७,८ र ९ का नागरिकहरुलाई लक्षित गरि उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धि चेकजाँच,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच,सर्जरी सम्बन्धि सेवा,दन्तरोग सम्बन्धि चेकजाँच र निशुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा उपलब्ध थिए । नागरिकसँग मेयर कार्यक्रमको…

Read More