–आकाश खड्का
स्ववियु निर्वाचनको आगाडी विभिन्न प्रलोभनमा पारेर आफुतिर आकर्षित गर्दै पार्टीको नाम जोडेर विभिन्न संगठनले आआफ्ना दलका नाम पछाडी पार्टीको ट्याग लगाइदिने गरेका छन्। विद्यार्थीका शैक्षिक सुधार गर्नका लागि कुनै पनि संगठन लागेका छैनन्। बिद्यार्थीका हक हितका लागि नबोल्ने त्यो भन्दा मेरो संगठमा आउनु भनेर बिन्ती गर्ने काम गर्छन्।
चैत ८ गते सुदुरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन हुँदै छ। विधार्थी संगठनहरु निर्वाचनको लागि क्लास कमिटी र प्रचारप्रसारमा व्यस्त छन्।
यस क्रममा नयाँ शैक्षिक सत्र ७९ को भर्ना को लागि पनि धेरै भर्ना गर्ने होड चलिरहेको छ र त्यसैमाथि भर्ना भएकै दिनदेखि आफ्नो संगठनमा ल्याउनको लागि विभिन्न प्रलोभनमा पारेर आफु तिर आकर्षित गर्दै पार्टीको नाम जोडेर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेका छन्।
विद्यार्थी युनियनहरुको राजनीतिको अखडा बनेको छ। विद्यार्थीहरुको हक हित र शैक्षिक क्षेत्रमा सुधार भन्दा उनीहरूको ध्यान क्याम्पसहरुमा हालीमुहाली मच्चाउनेतर्फ केन्द्रित हुने गरेको देखिन्छ। विद्यार्थी संगठनहरुले सा साना कुरामा पनिनिहुँ झिक्ने र पठनपाठनमा अवरोध उत्पन्न गर्ने काम मात्र रहेका छन्। बरु विद्यार्थी हकहितका लागि लडनु, विद्यार्थीका समस्या सुधार ल्याउनको लागि आजको महत्वपूर्ण विषय विद्यार्थी नेताहरुले र कार्यकताहरुले बुझ्न जरुरी छ।
नेपालको राजनीतिमा जुन खालको अन्योल बाट गुज्रेको छ त्यहीं स्थिति विद्यार्थी आन्दोलनमा पनि परेको छ। अनावश्यक र झिनामिना बहाना र निहुँमा पठनपाठनमा अवरोध सिर्जना गर्ने विद्यार्थीको हक हित भन्दा बाहिरको विषयमा बहस हुने गर्दछ।