Author: महेन्द्रनगर पोष्ट

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । प्रदेशका मुख्यमन्त्री कमल शाहलाई भेटेर फर्किएपछि भट्टले आफ्नो पार्टीले गरेको निर्णय बारे पत्रकारहरूलाई जानकारी गराएका थिए । ‘हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनु पर्छ’ उनले भने ‘यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ । ’ उनले आफ्नो पार्टीले गरेको निर्णय बारे मुख्यमन्त्रीलाई जानकारी गराएको बताए । यस अघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको समेत भट्टको भनाइ थियो । भोलि मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै…

Read More

धनगढीः कैलालीमा एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका महिला र पुरुष प्रेम सम्बन्धमा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रेम सम्बन्धका बारेमा घरपरिवार र गाउँमा गाइँगुइँ चलेपछि लोकलाजका कारण उनीहरुले आत्महत्या गरेको खुलेको हो। कैलारी गाउँपालिका–७ बसन्ताका ५८ वर्षीय गेदुराज दास र सोही ठाउँकी ४५ वर्षीया ललिता देवी चौधरी बुधबार एउटै रुखमा डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। खरौला सामुदायिक वनभित्र इन्जलको रुखमा उनीहरु झुण्डिएका थिए। प्रहरीका अनुसार मृतक गेदुराज र ललिता प्रेम सम्बन्धमा थिए। बिबाहित दुवै जनाको घरमा छोरा–छोरी पनि छन्। गेदुराज र ललिताको घरको दूरी करिब एक किलोमिटरको छ। दुवै जनाको मेलापात तथा गोठालो जाने एउटै वन…

Read More

धनगढीः प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन्। एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन्। नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए। रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए। एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन्। उनलाई पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन। उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन्। रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाललगायतका नेताहरुले…

Read More

धनगढीः जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनाल सहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भैरहेको प्रहरीको भनाई छ। शिशुलाई कस्ले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिममा भुकम्पीय जोखिमलाई ध्यानमा राखेर सुरक्षाको माग गर्दै सागर ढकालसहितका युवाले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ढकालले पश्चिम नेपालमा भुकम्प जाने जोखिम भएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन्। सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, राजनीतिक पहुँच र शक्तिलाई निस्तेज गर्दै विज्ञानलाई आधार मानेर योजना छनोट गर्नुपर्ने, स्कुलहरुमा टाई सर्ट लगाउन भन्दा प्रदेशका रैथाने शैलीका पोशाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ। ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ। राष्ट्रिय स्वतन्त्र…

Read More

धनगढीः लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा सुरु भएको छ। लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा धनगढीको रुबस होटलमा आयोजित सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरु सहभागी छन्। सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए। सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए। यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले तारजाली नाघ्नेलाई सम्मान गरिएको भन्दै हालेको विवादास्पद पोस्ट एकछिनमै हटाएका छन्। चर्को आलोचनापछि मेयर हमालले उक्त स्टाटस मेटाएका हुन्। यसअघि आज उनले धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्ने वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरेको भन्दै फेसबुकमार्फत प्रचार गरेका थिए। मेयर हमालले तारजाली नाघ्ने क्रममा भेटिएका पाध्यायलाईसम्मान गरेको जनाएका थिए। उनको व्यैक्तिक स्वतन्त्रता हनन हुनेगरी सार्वजनिक रुपमा बेइज्जत गरेको आरोपपछि मेयर हमाल पोस्ट हटाउन बाध्य भएका हुन्।

Read More

काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका छन्। आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए। रेशमलाई डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष उनले ८ वटा माग राखेका नउपाका एक नेताले बताए। जसमा उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ। नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ। सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश राख्नु पर्ने रेशमको माग छ। नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदीको सरुवा भएको छ। मन्त्रालयका प्रदेश सचिव सुवेदीको संघीय गृह मन्त्रालयमा सरुवा भएको हो। उनको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ। आर्थिक मामिला मन्त्री रनेशकुमार शाही र मन्त्रालयका कर्मचारीहरुले उनको बिदाई गरेका हुन्। उनी सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पाँच महिना बसेका छन्। सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा नयाँ सचिवको रुपमा छविलाल रिजाल आउने मन्त्रालय स्रोतले बताएको छ।

Read More

झलारी: शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। ‘वडाभित्रका विपन्न ४० परिवारको स्वास्थ्य बिमा गरेका छौं,’ उनले भने, ‘प्रति परिवार वडा कार्यालय ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ।’ यसगरी, वडा कार्यालयले एक सय परिवारलाई डोल वितरण, १२ वटा समूहलाई चारो काट्ने मसिन र २० परिवारलाई फिडर ९बाख्रालाई दाना तथा घाँस० खुवाउने मसिन वितरण गरेको छ। वडाभित्र विपन्न ५ परिवारको लागि शौचालय निर्माण, सार्वजनिक ५ ठाउँमा अटोमेटिक नल्का जडान गरिने अध्यक्ष ऐरले बताए। ‘यहीँ वर्ष ५ वटा ठाउँमा…

Read More