धनगढी: दार्चुलाको उत्तरी क्षेत्रमा भारतीय ज्यादती कायमै छ। भारतीय पक्षले तवाघाट–लिपुलेक सडक खण्डमा विस्फोट गराउँदा ढुंगा उछिट्टिएर व्याँस गाउँपालिका–२ का हिक्मत महराको घरमा क्षति पुगेको छ। भारतले गत कात्तिक दोस्रो साता उक्त सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर हिक्मतका नौ वर्षीय छोरा पवनको मृत्यु भएको थियो। भारतले पुनः त्यही क्षेत्रमा विस्फोट गराउदा घरमा क्षति पुगेको छ। व्यास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेर भारतीय सडकमा विस्फोट गराउँदा दुम्लिङ नजिकको अरतौलीमा रहेको महराको घरमा क्षति पुगेको जानकारी गराएको छ। भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर सीमा क्षेत्रमा विगतदेखि नै व्यापक क्षति पु-याउँदै आएको छ।महाकालीपारि भारतीय…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा लागुऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ परेको हो। धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट अवैध लागूऔषध दुई सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन्। उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन्। ईलाका…
धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले दुई जनालाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ फनपार्कस्थित भारतबाट भन्सार छली गरेर ल्याएका समानसहित दुई जना पक्राउ परेका हुन्। मोटरसाइकल चालक भारतको लखिमपुर खिरि कृष्णनगर–८ पलियाका २४ वर्षीय अमन गुप्ता र मोटरसाइकल चालक बाजुरा बडिमालिका नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–२ तिलके ताल बस्ने २४ वर्षीय सुरज बोहरा पक्राउ परेका छन्। बोहराले चलाएको से.३ प ५५११ नम्बरको मोटरसाइकलमा दुई सय चार थान सुट र ५ थान साडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। करिब एक लाख ४५ हजार मुल्य…
धनगढी: नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेकाे सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेकाे बताएका छन्। समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेकाे दाबी गरे। खनालले भने, ‘अहिलेकाे गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्ताे केही सम्भावना देखिरहेकाे छैन्,’राष्ट्रपतिकाे निर्वाचनकाे हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने उनकाे भनाइ छ। ‘राष्ट्रपतिकाे निर्वाचन भनेकाे महत्त्वपूर्ण एजेन्डा हाे। यसमा सबै राजनीतिक दलले सुझबुझ र बडाे दुरदर्शिताका साथ संविधानकाे मर्म, हामीले स्थापित गरेकाे लाेकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो…
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। हिजो देखि सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। हिजो पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्। पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ। भोलि प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ। प्रशिक्षणमा प्रशिक्षार्थीहरुको परिक्षा समेत लिइने र उत्तीर्ण हुनेहरुले जिल्लास्तरमा प्रशिक्षण दिने छन्।
धनगढी: कंचनपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी कार्यक्रमस्थल नजिकैबाट १३ जना युवा समातिएका छन्। सोमवार महेन्द्रनगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका १३ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेकपा बहुमतका केन्द्रीय सल्लाहकार सदस्य डम्बर बहादुर बिष्टसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यस्तै, बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, डम्बर बिष्ट, बहादुर महरा, विद्यार्थी उपाध्यक्ष विरेन्द्र शाह, संयोजक नक्साल, दिपेन्द्र ऐरी, सुरेन्द्र धानुक, बिरेन्द्र नाथ र रमेश नाथलाई पनि प्रहरीले समातेको छ। पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका प्रमोद सुवेदी, हरि सुवेदी र पुष्कर जोशी पनि रहेका छन्। बसपार्क नजिक जनयुद्ध दिवसको कार्यक्रम मनाइरहँदा…
धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन। दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए। उनले आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने छन्। त्यसपछि नेकपा माअोवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन्। यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने…
टेकसिंह धामी, धनगढी: सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनका लागि नागरिक उन्मुक्तिको साथ खोजेका छन्। त्यसका लागि माहोल बनाउन मुख्यमन्त्री नियुक्त भएपछि शाहले सक्रियता बढाएका छन्। स्रोतका अनुसार मुख्यमन्त्री शाहले आज (आइतवार) मात्रै नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई भेटेका छन्। शाहले डिल्लीबजार कारागार पुगेर टीकापुर घटनामा दोषी प्रमाणीत भएर जेल जीवन बिताइरहेका चौधरीलाई भेटेका हुन्। मुख्यमन्त्री शाहले चौधरीसँग सामान्य भेट भएको र समसामयिक राजनैतिक परिस्थितिबारे कुराकानी भएको बताएका छन्। यसअघि शनिवार मुख्यमन्त्री शाहलेजानकी गाउँपालिका–९ स्थित चौधरीको घरमा पुगेर रेशमको रिहाइका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएका थिए। त्यहाँ उनले रेशमकी आमा शनिबार बिहान चौधरीकी आमा सुनफीदेवीलाई भेटेका…
धनगढी: गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । पत्रकार समेत रहेका लोकराज पाण्डेको संयोजकत्वमा गठित राष्ट्रिय चिकित्सा विश्वविद्यालय निर्माणार्थ गठित संघर्ष समितिले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । गेटा मेडिकल कलेजमा आइतबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले मेडिकल विश्वविद्यालय निर्माणका लागि दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाउन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका उपसंयोजक आनन्द भट्टले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा स्थापना गर्न सरकारलाई दबाब दिने उद्देश्यले गठन गरिएको संघर्ष समितिले दबाबमुलक कार्यक्रम अन्तरगत नै ज्ञापन बुझाउन लागेको जानकारी दिए । उनकाअनुसार सोमबार धनगढी…
धनगढी: सरकारले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। तत्कालिन नेकपा माओवादीले वि.सं. ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरेको थियो। सोहीअवसर पारेर सरकारले सार्वजनिक बिदा दिने गरेको छ। माओवादीले सुरु गरेको जनयुद्ध ५ मंसिर ०६३ मा सरकारसँग शान्ति सम्झौता गरेर रोकिएको थियो।