Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको चुरे गाउँपालिकामा गाउँस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ। नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलि (बुधबार) बिहान १० बजेदेखि सिल्ड हुन लागेको हो। उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले गर्नेछन्। प्रतियोगिता चुरे गाउँपालिका वडा नं १ अलाडको भैरव माध्यमिक विद्यालयको खेल मैदानमा हुने जनाइएको छ।

Read More

धनगढीः कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको चुरे गाउँपालिका–४ को पनेरु गडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रीत बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरिएको हो । कैलालीका पत्रकार बिरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नीयाको लसएन्जल्समा बस्दै आइरहेका कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिसटेन तिवारीको आर्थिक सहयोगमा १०३ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो । पत्रकार रावलकाअनुसार उनीहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो लुगा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले उनी बालबालिकालाई लुगा हस्तातरण गरेका हुन् । चुरे…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने घोषणा गरेकि छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताइन। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिँदैछन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत: पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ।  मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे। ‘निवेदन आएको छ। तर मैले हेर्न पाइसकेको छैन,’ उनले भने। लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा…

Read More

एजेन्सी: भारतीय सेनाले कम्बोडियन सेनालाई तालिम दिने भएको छ । दुई मुलुकका सैन्य अधिकारीहरुले गरेको हालैको सोसम्बन्धी सम्झौता दुबै मुलुकको सार्वभौम रक्षाको निम्ति ‘टर्निङ प्वाइन्ट’ भएको भारतीय सुरक्षा विश्लेषकहरूको निश्कर्ष छ । सम्झौताबमोजिम भारतीय सेनाका प्रशिक्षण कमाण्डरहरूले कम्बोडियन सेनाका लागि विशेष पाठ्यक्रमसहितको तालिम सञ्चालन गर्नेछन् । त्यसका लागि भारतीय सेनाले कम्बोडियामा नै प्रशिक्षण टोली पठाउने छ ।  भारत भ्रमणमा आएका रोयल कम्बोडियन आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल हुन मानेत र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेबीच नयाँ दिल्लीमा भएको वार्तापछि रक्षा मन्त्रालयमा भएको सम्झौतामा सोसम्बन्धी विषय उल्लेख गरिएको हो । कम्बोडियाली सेनाका कमाण्डरले भारत भ्रमण गरेको यो पहिलो नै पहिलो हो…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन्। चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बीच अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्। मुख्यमन्त्री रावलले भोलि ११ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो। त्यसका लागि उनी केही दिन अघि मात्रै काठमाडौं आएका थिए।…

Read More

धनगढीः माघ ४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डीआईजी अशोक सिंहले अपराधिक गतिविधि नियन्त्रणमा मात्रै होइन प्रहरी कर्मचारीको कार्यशैलीमा समेत परिवर्तन ल्याएका छन्। यसअघि प्रहरी कार्यालयमा मस्तसँग आराम गरिरहेका कर्मचारीहरूलाई डीआईजी सिंहले सडकमा उतारेका हुन्। कुनै ठाउँमा घटना घटे लगत्तै प्रहरीलाई त्यहाँ परिचालन गर्ने उद्देश्यसहित उनले प्रहरी कर्मचारीलाई सुरक्षाका सामग्रीसहित सडकमा तैनाथ गरेका छन्। उनले कमाण्ड सम्हाले लगत्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा फरक दृश्य देखिए। कतिपय नागरिकहरूले कुनै उच्च व्यक्तिको सवारी हुँदैछ की भन्ने सोचे। सडकमा प्रहरीको बाक्लो उपस्थिती देखेपछि स्थानीयले सोध्ने गर्थे किन आज यसरी प्रहरी सडकमा उत्रिएका छन् ? की कुनै नेता आउँदै…

Read More

दाङः दाङमा प्रहरीले कुटपिट गरेर पत्नीको हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल बस्ने ४९ वर्षीय कृतिमान बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका १९ मलार दुईखोली खोलामा आइतबार राति आफ्नी ४४ वर्षीया पत्नी गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार कुटपिटबाट हत्या गरेपछि कृतिमानले मुटुरोगका कारण बाटैमा मृत्यु भएको भनेर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए। उनका अनुसार सोमबार बिहान पत्नी गोबिनाको मुटु एक्कासी दुखेर बिरामी भई उपचारका लागि दाङको घोराही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको भनी…

Read More

धनगढीः बैतडीमा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ससुरा कारागार चलान भएका छन्। पञ्चेश्वर गाउँपालिका बस्ने ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो। अदालतको आदेशअनुसार अभियुक्तलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनी आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा २८ पुसमा पक्राउ परेका थिए।

Read More