Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री बेलौरी नगरपालिका–५ का महात्मा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएको चौधरीको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।

Read More

धनगढीः अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ का २५ वर्षीय प्रकाश टमाटालाई अवैध यार्सागुम्बासहित काठमाण्डौँ प्रहरीले पक्राउ गरेको हो। दुई किलो एक सय ३८ ग्राम अवैध यार्सागुम्बा सहित टमाटा पक्राउ परेका हुन्। उनी कीर्तिपुर नगरपालिका पाँगामा बस्ने गरेको प्रहरीले बताएको छ। उनीसँगै जुम्ला गोठीचौर गाउँपालिका–५ का ४० वर्षीय गोविन्द गिरी समेत फक्राउ परेका छन्। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन…

Read More

धनगढीः छ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना २ वर्षदेखि अलपत्र छ। तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानून नबनाउँदा संरचना जीर्ण हुदै गएका छन्। ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन्। भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने। गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २९ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन्। तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ। यी संरचना निर्माण गर्दा सरकारको पाँच अर्ब ४० करोड…

Read More

कञ्चनपुरः कञ्चनपुरमा नेपाली काँग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर तालाबन्दी गरिएको हो। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए। १३ माघ २०७९ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो।

Read More

धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बोल्ने भन्दा पनि काम गरेर देखाउने विश्वास दिलाएका छन्। हालै कैलालीको प्रजिअ भएर आएका कटेलले आफ्नो पदीय दायित्व र जिम्मेवारी पूरा गर्ने गरी अघि बढ्ने बताउदै उत्कृष्ट काम गर्नमा ध्यान दिने उल्लेख गरेका छन्। बुधबार कैलालीमा क्रियाशिल पत्रकारसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कटेलले आफूलाई कामको डर भएको बताए। कटेलले आफ्ना लागी कामनै महत्वपुर्ण भएका कारण नतिजा देखाउने गरी लाग्ने बताउदै भने, “म वडादेखी काम शुरु गर्छु, वडाले सिफारिश गरेको नागरिकता हामीले बनाउनुपर्ने हुन्छ, त्यहाँ कसरी सिफारिश भइरहेका छन् र कमीकमजोरी छन् भने तिनलाई सच्याउन लाउँछु, मालपोत, नापी कार्यालयहरुको सेवा प्रबाह म बुझ्छु के छ…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचनबारे छ्लफल गर्न बसेको बैठक सम्पन्न भएको छ। बुधवार स्ववियु निर्वाचनबारे छलफल गर्न विश्वविद्यालयका रजिस्टारसहित विभिन्न विद्यार्थी संगठनका नेता तथा प्रतिनिधिको संयुक्त बैठक बसेको थियो। बैठकमा स्ववियु निर्वाचनका लागि अर्को बैठक बोलाएर नीति तय गर्ने र छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राइले जानकारी दिए। बैठकमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनको सहभागीता थियो।

Read More

दार्चुलाः जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ। क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो। “पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ”, उनले भने। यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन्।

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जनालाई पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए । यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५०…

Read More

धनगढीः कैलालीमा चित्तलका दुई छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाका ५४ वर्षीया खेमराज सापकोटा चित्तलको छालासहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीका अनुसार उनको घरमा दुई थान चित्तलको छाला थियो। मंगलवार राति पक्राउ परेका सापकोटाले अरुबाट खरिद गरेको बयान प्रहरीलाई दिएका छन्। उनलाई कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाउने शाहीले बताए।

Read More

धनगढीः कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई शिवराज श्रेष्ठले श्रीमती स्वीकार गरेकी छन् । आफूले न्याय पाउनुपर्ने माग राख्दै लामो समय राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत निहारिका र उनका छोरालाई शिवराजले स्वीकार गरेका हुन् । शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको छ । धनुषाका क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ घर भएका शिवराजले आफूलाई १७ वर्ष हुँदा नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप लगाउँदै आएकी निहारिकाले अन्ततः प्रेम विवाह भएको स्वीकारेकी छन् । जगतबहादुर श्रेष्ठ र राधाकुमारी श्रेष्ठ आफ्नो सासुससुरा भएको उल्लेख गर्दै उनले शिवराजको झैझगडा गर्ने व्यवहारले आजित भएर छुट्टिएको बताएकी छन् । मिलापत्रमा भनिएको छ, ‘जाँडरक्सी सेवन गरी…

Read More