Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौं प्रहरीभित्र ५० लाख काण्डको छानबिन जारी छ। सेटिङ गरेर ५० लाखमा थुनुवा भगाएको प्रकरणमा छानबिन जारी राखिएको हो। स्रोतका अनुसार क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको थियो। सोही घटनामा अहिले इन्स्पेक्टरसहित केही प्रहरीको मिलेमतो तथा शंकास्पद भूमिका देखिएको छ। जसमा काठमाडौं परिसरका इन्स्पेक्टर प्रतिक सिंह पनि मुछिएका छन्। उनको कमजोरीका कारण सो घटना भएको उपत्यका प्रहरी कार्यालयले गरेको छानविनले देखाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्व यस विषयमा इन्स्पेक्टर सिंहको समेत कमजोरी औंल्याएर प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ। सिंहको मातहत काम गर्ने हवल्दार गणेश…

Read More

काठमाडौं: नेपाल प्रहरी विवादित डिआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन्। आज उनलाई नक्साल तानिएको हो। ठकुरीलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालय नक्साल तानिएको प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कर्णालीबाट तानिएपछि उनको स्थानमा प्रहरी नायव महानिरीक्षक जनक भट्टराई पठाइएका छन्। गृह मन्त्रालयले डीआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश पठाएर ठकुरीलाई तानेको हो। ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा ल्याइएको हो। विवादित ठकुरी मदिरा पिएर नाइट बस चढेको प्रकरणपछि विवादमा तानिएका थिए। मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ। विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरी बेलाबखत विवादमा आइरहन्छन्। र,…

Read More

धनगढी: धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पहिचान हुन सकेको छैन। शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडाैं: प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ईन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन्। लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर आइतबार बिहान ग्रिस उडेका हुन्। उनी असोज १५ गतेस्वदेश फर्कने कार्यक्रम रहेको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनी उता गएपछि प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ।

Read More

काठमाडौं: उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेको सरुवा भएको छ। न्याय परिषद्को आइतबार बसेको बैठकले न्यायाधीश न्यौपानेलाई उच्च अदालत विराटनगरबाट सोही अदालतमातहतको इलाम इजलासमा सरुवा गरेको हो। यसअघि उनी इलाममा कामकाज गर्ने गरी खटिएका न्यौपानेलाई सरुवा नै गरिएको बताइएको छ। यस्तै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दलाई राजस्व न्यायाधीकरण, विराटनगरको अध्यक्ष तोक्ने निर्णय पनि गरिएको छ।

Read More

काठमाडौं: अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन्। ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन्। उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ। एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए। उनका अनुसार सोही दिन हुने कार्यक्रममा क्लबले शुःल्क लिने व्यवस्था गरेको छ। भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ। भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले बताए। दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले…

Read More

धनगढी: धनगढीस्थित सुरुवात नयाँ सोचको नारा लिएको क्लब चौलानीले २ दिवसीय पौडी प्रतियोगिता सम्पन्न गरेको छ। हिजो शनिबार र आज आइतबार गरी २ दिवसीय पौडी प्रतियोगिता सम्पन्न भएको हो। सो प्रतियोगिता सुदूरपश्चिमकै पहिलो रहेको दाबी गरिएको छ। सुदूरपश्चिमका विद्यार्थीहरुको मनोवल बढाउने उद्देश्यले सो प्रतियोगिता गरिएको हो। यसका साथै प्रतियोगिताबाट जिल्ला स्तरिय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलमा पनि पौडीबाजको सहभागीता बढाउने उदेश्य लिएको छ। सो अन्तर विद्यालय प्रतियोगिताको अध्यक्षता क्लब चौलानीका सञ्चालक तिलक सिहं साउदले गरेका थिए। जसमा धनगढीका विभिन्न १२ वटा विद्यालयका करिव ९० छात्रछात्राको सहभागीता थियो। प्रतियोगितामा ४ उमेर समूहका विद्यार्थी सामेत थिए। प्रतियोगिताको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद…

Read More

काठमाडौं: संसदीय विशेष समितिको अनुसन्धानपछि सहकारीको रकम अपचलनमा कारबाही सिफारिसमा परेकामध्ये जिबी राई, रवि लामिछाने र छविलाल जोशीमध्ये छवि आज पक्राउ परेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डीआईजी जोशीलाई काठमाडौं प्रहरीले पक्रेको छ।  प्रहरीले जोशीको शंखमूलस्थित घरबाट गत माघमा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित कागजात, कम्प्युटर बरामद गरेको छ। उनकै घरमा जीबीको नेचर हर्ब इन्टरनेसनल प्रालि खोलिएको थियो। विभिन्न सहकारी संस्थाको रकम अपचलनमा थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन्। जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको जनाइएको छ। …

Read More

काठमाडौं: हालै अवकाश प्राप्त एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिएका छन्। प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका उनीहरुले निवेदन फिर्ता लिएका हुन्। उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ। उनीहरूले सो व्यवस्था…

Read More

धनगढी: धनगढी विमानस्थलमा ढलेर एक जनाकाे मृत्युु भएकाे छ। शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बाेडिङ पास गर्ने क्रममा ढलेर गाेदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बाेहाेराकाे ढलेर मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले ढलेर बेहाेस् भएका बाेहाेरालाई तत्काल माया मेट्राे अस्पताल पुगाइएकाे तर चिकित्सकले मृत घाेषणा गरेकाे बताए। उनकाे हदयघातका कारण मृत्युु भएकाे आशंका गरिएको छ। बाेहाेराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More