Author: महेन्द्रनगर पोष्ट

धनगढी: नागरिकता विवादमा मुछिएर पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब दिँदै अनसन बस्न लागेका एक युवालाई प्रहरीले समातेको छ ।   आज नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि ‘रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै अनशन बस्न लागेका पप्पु दास नामक युवालाई प्रहरीले समातेको हो । ‘रवि लामिछानेकाे साथ सपाेर्टमा हामी सबै छौँ,रवि दाइलाई गृहमन्त्री बनाउनुपर्छ’ भन्दै उनले उग्रता देखाउन थालेपछि बानेश्वर वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर तीनकुने लागेको छ।  रौतहटको दुर्गा भगवती गाउँपालिका घर भई अहिले काठमाडौँमा फार्मेसी पढिरहेका २२ वर्षका दास दिउँसो सवा तीन बजेतिर ‘जय देश,जय मधेस’ भन्दै अनसन बस्न पुगेका थिए…

Read More

धनगढी: कैलाली प्रहरीको प्रमुख भएर एसपी देवेन्द्र पाल आएसँगै एकपछि अर्को अप्रेशन गर्न थालेका छन्। एसपी पालले जिल्लामा लागुऔषध कारोबारी र प्रयोगकर्ता, भन्सार छलीको सामानको अवैध ओसारपसार र अवैध यौन धन्दालाई अप्रेशनको टार्गेट बनाएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार पछिल्लो समय सदरमुकाम धनगढी क्षेत्रबाट लागुऔषध कारोबार र प्रयोगमा संलग्न व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन्। भन्सार छलीको सामान ओसारपासरमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम जारी छ। माघ दुई सातामा मात्र प्रहरीले धनगढीमा यौन धन्दामा संलग्न भएको आरोपमा प्रहरीले चार युवतीसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी चौराहको बुढिनन्दासहितका…

Read More

धनगढी: भारतीय पक्षले शारदा ब्यारेजको नेपालतर्फको ढोका खोल्दा नदीको बहाब बढेर महाकालीमा फसेका २० जनाको उद्धार गरिएको छ। भारतीय पक्षसंग समन्वय गरेर शारदा ब्यारेजको नेपालतर्फको ढोका बन्द गराएर प्रहरीले महाकालीमा फसेका ८ जना ट्याक्टर चालक सहित २० जना मजदुरको उद्धार गरेको हो। नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टर सहित मानिस फसेको थिए। उनीहरु बिहान ११ बजेको आसपासमा महाकालीमा फसेका थिए। नदीमा पानीको बहाब कम गराएर जेसिबीको सहायताले उनीहरुको १२ बजे प्रहरीले उद्धार गरेको हो। भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा ढुवानीका लागि ट्याक्टर लिएर गएका चालक र मजदुरको उद्धार गरिएको जिल्ला…

Read More

बैतडी: बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडा भूमिराज किराना पसलका सञ्चालक ५० वर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको जनाएको छ। उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आइतवार बेलुकी साढे ७ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

Read More

बैतडीः बैतडीमा जीप दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए। गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पु¥याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो। जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकमात्रै रहेको बताइएको छ।

Read More

बैतडीः दशरथचन्द नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। शहीद दशरथ चन्दको शहादतको दिन माघ १६ गते जन्मनगरमा सार्वजनिक बिदा दिइएको हो। शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्रका सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्दले जानकारी दिए। दशरथ चन्दको जन्मभूमि बैतडीमा विविध कार्यक्रम गरी साथ शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले प्रभातफेरी आयोजना गरेको छ। साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर स्मृति दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। नगरपालिकाले नगरस्तरीय महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमा शहीदप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। शहीद दिवसको अवसरमा सोमबार सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले राष्ट्र निर्माणका क्रममा ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरेका छन्। ‘महान् शहीदहरुको त्यागद्धारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ रावलले जारी गरेको सन्देशमा भनिएको छ। उनले शहीदहरुको बलिदानीलाई उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य…

Read More

धनगढीः बाजुरा लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका छन्। हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्। हुम्ला, जुम्ला, मुगु, बाजुरा लगायतका जिल्लाहरुमा भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्। हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ। पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ। अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो। गत मंगलबार दिउँसो बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो।

Read More

धनगढीः महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ स्थित एक कवाड संकलन केन्द्रमा भएको बिस्फोटमा घाइते भएका भारतीय नागरिकलाई बरेली रिफर गरिएको छ। हिजो साँझ सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट हुँदा दुई जना घाइते भएका थिए। घाइतेमध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको प्रहरीले जनाएको छ।अन्सारीसँगै सामान्य घाइते भएका पिलिभितका नितेश कुमार उपचारपश्चात घर फर्किएका छन्। गम्भीर घाइते अन्सारीको अनुहारमा चोट लागेको छ। आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तुका टुक्राले उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

Read More