Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस प्रालि काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि प्युठान, कृष्णबहादुर खड्का नेतृत्वको सुक्रिक निर्माण सेवा दाङ, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन जनकपुर र जनार्धन धिताल नेतृत्वको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, काठमाडौं छन् । यसैगरी रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश कोइराला नेतृत्वको जलेश्वर निर्माण सेवा धादिङ, माधब…

Read More

धनगढीः बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको बनारसी धाममा अगामी मंगलबार जात्रा लाग्ने भएको छ। सुर्नया नदी किनारमा रहेको बनारसी धाममा विशेष पुजाआजासहित १७ गते माघ सुक्लदशमीको दिन जात्रा लाग्ने भएको हो। यो धाममा सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्छन्। विशेषगरी यो जात्रामा यहाँ दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्ने प्रचलन छ। यसलाई जातिय सद्भावको रुपमा लिइने गरिन्छ भने कुनै विभेद नगरी सबै समुदायका व्याक्तिहरुले पुजाआजामा सहभागी भएर दलित समुदायका पुजारीबाट प्रशाद ग्रहण गर्दै आएका छन्। यसैबीच पाटन नगरपालिकाले बनारसी धाममा लाग्ने जात्राका लागि मंगलबार सार्वजनिक विदा समेत दिएको छ। बनारसी धाममा लाग्ने जात्राको अवसरमा…

Read More

धनगढीः धनकुटामा महोत्सव अन्तर्गत सांगितक कार्यक्रममा भागदौड हुँदा केही घाइते भएका छन्। गायक प्रमोद खरेलले गीत गाइरहँदा दर्शकहरूको धकेलाधकेलका कारण भागदौड मच्चिएको बताइएको छ। धनकुटा बजारको टुँडिखेलमा भएको कन्सर्टमा प्रमोद खरेलको प्रस्तुतिको क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए। धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मी अधिकारीले आफू घटनास्थलमा भएको भन्दै अहिले बोल्ने अवस्था नभएको बताए । घटनाका प्रत्यक्षदर्शीका अनुसार गेट ठेलेर एक हुल मान्छे छिरेपछि सयौं दर्शक लडेका थिए। दु्ईवटा एम्बुलेन्सले घाइते बोकेको आफूले देखेको उनले बताए। माघ ६ देखि जारी सांगितिक कार्यक्रम उक्त घटनापछि स्थगित गरिएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो ६ महिनाको अवधीमा ७२ जना कुष्ठ रोगी भेटिएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ जना कुष्ठ रोगी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। शनिबार धनगढीमा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनोज ओझाले प्रदेशमा कुष्ठरोग बढ्दै गएको तथ्यांक सार्वजनिक गरेका छन्। उनकाअनुसार सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगी फेला परेका छन्। अहिलेसम्म कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगीको उपचार भइरहेको छ। डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २, २ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा २०५ जनामा…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्लोबल इजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–५ को हसनपुरस्थित ऐश्वर्या स्कुल नजिकै ग्लोबल इजुकेशन टे«निङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो। ग्लोबल इजुकेशनले सबै तह र विषयका तयारी कक्षा, ब्रिज कोर्ष, कम्युप्टर कक्षा, लोकसेवा आयोग तयारी कक्षा, शिक्षक सेवा आयोग कक्षा अध्यापन गराइने जनाएको छ। यस्तै बैंकिङ तयारी कक्षा, नेपाल प्रहरीका तयारी कक्षा, अंग्रेजी, कोरियन, जापानिज लगायतका भाषाको शिक्षण पनि गराइनेछ। इजुकेशनले दक्ष तथा विषय विशेषज्ञ शिक्षकबाट कक्षा सञ्चालन गरिने जनाएको छ।

Read More

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्। जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। दुई ग्राम लागुऔषधसहित शुक्रबार राति शुक्लाफाँटा नगरपालिका–१० घर भएका महेश चुनरा र सोही नगरपालिका–११ बस्ने २५ वर्षीय शंकर कामी पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले लु.१४ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले क्रिकेट सुदूरपश्चिमको पहिचान बन्दै गएको र यस खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबारदेखि महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजनामा सुरु भएको कर्पोरेट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री रावलले यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादनमा योगदान पुग्ने बताए। ‘सुदूरपश्चिम क्रिकेटका स्टार खेलाडी उत्पादन गर्ने थलो हो,’ उनले भने, ‘प्रदेश सरकार खेलकुद र खेलाडीको विकासका लागि गम्भीर छ।’ मुख्यमन्त्री रावलले जिल्ला स्तरका मात्रै नभएर प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाका लागि पनि अघि सर्न आयोजकलाई सुझाव दिए। यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको उनको भनाई थियो। मुख्यमन्त्री रावलले ब्याटिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका…

Read More

धनगढी: बैतडीमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। आज बिहानैदेखि नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो। बिहानैदेखि सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका छन्।

Read More

धनगढीः कैलालीको घोडाघोडीबाट ट्याक्टरसहित अवैध काठ बरामद गरिएको छ। घोडाघोडी नगरपालिका–९ रतिपुरबाट सालको गोलियासहित ट्याक्टर नियन्त्रणमा लिइएको हो। एक थान सालको गोलियासहित ८२ चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ। सब–डिभिजन वन कार्यालय सुखडबाट खटिएको गस्ती टोलीले ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवैध काठ बरामद गरेको हो।

Read More