Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको घोडाघोडीबाट ट्याक्टरसहित अवैध काठ बरामद गरिएको छ। घोडाघोडी नगरपालिका–९ रतिपुरबाट सालको गोलियासहित ट्याक्टर नियन्त्रणमा लिइएको हो। एक थान सालको गोलियासहित ८२ चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ। सब–डिभिजन वन कार्यालय सुखडबाट खटिएको गस्ती टोलीले ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवैध काठ बरामद गरेको हो।

Read More

धनगढी: पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। आज पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई  पल्टिदा ३ जना  घाइते भएका थिए। घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। उनका अनुसार अटोमा सवार रामेछापको सिन्धुलि नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन्। दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको…

Read More

धनगढीः अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन्। ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन।’

Read More

डडेल्धुराः डडेल्धुरा सदरमुकाम राजमार्ग छेउछाउमा रहेका घरधनी र जग्गाधनीले मुआब्जा रकम पाउन थालेका छन्। सडक चौडा गर्नका लागि सडक क्षेत्राधिकारभित्र रहेका घर र जग्गाधनीलाई सरकारी मुल्यांकनका आधारमा मुआब्जा दिन थालिएको हो। सदरमुकाम क्षेत्रमा दायाँबायाँ १५, १५ मिटर सडक चौडा पार्न क्षतिपूर्ति दिन लिएको हो। विगत लामो समयदेखि मुआब्जाको विषयलाई लिएर सडक चौडा पार्ने काममा अवरोध हुँदै आएको थियो। तर,डडेल्धुरा जिल्ला सदरमुकाम बाघखोरबासीहरूले मुआब्जा रकम पाउन थालेसँगै सदरमुकामको सडक फराकिलो बन्ने कुरामा स्थानीय ढुक्क छन्। सडक फराकिलो बनाउन स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन लागेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। स्थानीयको जमिन लागतकट्टा गरि सडक डिभिजन कार्यालयका नाममा नामसारि गरिएपछि स्थानीयलाई…

Read More

राम धामी, डडेल्धुराः डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमावर्ती चुरे बस्तीमा हिउँदमै खानेपानीको हाहाकार भएको छ । वन विनासका कारण खानेपानीका मुहानहरु भासिँएसँगै परशुराम नगरपालिका–७ मलास क्षेत्रका बस्तीहरुमा खानेपानी समस्या उत्पन्न भएको हो । चुरे पर्वत श्रृखलाका बस्तीहरु बसन्यौटा, काजीगडा, दधिगडा र खोरियामा खानेपानीको चरम अभाव झेल्नु परिरहेको स्थानीय बताउछन । फिनल्याण्ड सरकारको सहयोगमा गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले सौर्यउर्जामार्फत लिफ्ट खानेपानी योजना निर्माण गरेपछि चुरे श्रृंखलामा रहेका बड्डीमलास, पिपलकोट र भूमिथला गाउँमा खानेपानी सुविधा पुगेको छ । ‘मुख्य गरेर मलास क्षेत्रका चारवटा बस्तीमा खानेपानीको चरम अभाव उत्पन्न भएको छ,’ स्थानीय अगुवा विवेक धामीले भने, ‘झण्डै एक सय बढि…

Read More

धनगढीः डोटीको सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र बनेको छ। शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित पुलको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कविहीन पनि भएको हो। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी पप्पु राजेन्द्र जोइन्ट भेन्चर जेभीले पुलको ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। विसं २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्। काम अपुरो छाडेर फरार हुने ठेकेदार कम्पनीमाथि…

Read More

धनगढीः देशभरको मौसम आज सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज थोरै भू–भागमा मौसम बदली भएपनि वर्षा र हिमपातको सम्भावना छैन्। दिउँसो प्रदेश नं। १ मा र राति प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

Read More

धनगढी: अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। कुँवरलाई एक थान भरुवा बन्दुकसहित बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ। प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।

Read More

धनगढी: बाजुरामा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। बाजुराको बुढीगंगा नगरपालिका–६ तल्लो साइलकी अन्दाजी१४ वर्षीया सदिक्षा भारती झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराले बिहीवार साँझ ७ बजे घरबाट हराएकी उनको खोजी गर्दा मृत फेला परेपछि आफन्तले प्रहरी कार्यालयमा खबर भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Read More

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए। बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ। उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो। उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन्। बैठकमा रवि लामिछाने उपस्थित भएनन्। बैठकले आजको सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यन्वयन गर्ने निर्णय गरेको छ। नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो। लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग…

Read More