Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कञ्चनपुरमा असार २३ र २४ गते भएको अहिलेसम्मकै रेकर्ड वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि आज बिहान कञ्चनपुर प्रस्थान गरेको हो । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र, त्यहाँ राखिएका उपकरणका ठिक अवस्थामा भए/नभएको जाँच गर्ने छ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्ने छ । कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो । असार २४ गते मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको…

Read More

रौतहट: रौतहटमा आँप टिपेको विषयमा विवाद योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए । बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

Read More

धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ चुटकि बजार नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ परेका हुन्। उनीहरुबाट ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा केही भारतीय पक्राउ परे । तर ती सामान्य नागरिक थिएनन् । उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए । भारतले जासुसीकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो । पक्राउपछि अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गर्यो । अष्ट्रेलियाको आरोप थियो विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरीको । सूचनाहरू चोरी गर्न खोज्दा उनीहरू समातिएको अष्ट्रेलियाली सुरक्षा अधिकारीको आरोप थियो । तर,ती कुरा त्यतिबेला सार्वजनिक गरिएनन् । एबीसी न्यूजकाअनुसार भारतले फैलाइरहेको ‘जासुसी जालो’ लाई त्यहाँको राष्ट्रिय गुप्तचर…

Read More

काठमाडौँ : विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेकोमा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो। विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो। बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मङ्सिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा जेष्ठ नागरिकमन्त्री ओम बिक्रम भाट सरलले कैलाली कञ्चनपरसहित जिल्लामा भएका बाढी र पहिरो प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताएका छन् । कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा सबैभन्दा धेरै कञ्चनपुरमा बाढीले क्षति गरेको छ । यहाँ चार जनाले ज्यान समेत गुमाएका छन् । मन्त्री भाटले सरकार प्रभावितहरुको साथमा रहेको भन्दै ढाढस दिएका थिए । मन्त्री सरलले कञ्चनपुरको बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका वाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै प्रभावितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्। उनले…

Read More

धनगढी : चार महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नेबित्तिकै भानुभक्त जोशीले भनेका थिए, ‘मैले सम्हालेको मन्त्रालय त लथालिङ्गै रहेछ ।’ २३ फागुनमा मन्त्री भएका उनले दुई हप्ता नबित्दै उनले ४ चैतमा काठमाडौंमा भएको प्रशासनिक संघीयता कार्यान्वयन सम्बन्धी कार्यक्रममा यो कुरा भनेका थिए । उनले कर्मचारी समायोजन र कामकाजमा खटाउने अव्यावहारिक नीति, जथाभावी कर्मचारी सरुवा र खटनपटन, मनपरी गरिने प्रमुख प्रशासकीय अधिकृतको सरुवा लगायतले सामान्य प्रशासन मन्त्रालय लथालिंग बनेको निष्कर्ष सुनाएका थिए । ४ महिनापछि कांग्रेस-एमालेको नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीबाट मन्त्री भएका जोशी मन्त्रालयबाट बिदा हुने लगभग पक्काजस्तै भइसकेको छ, तर यो अवधिमा उनले सुरुमै पहिचान गरेका समस्याहरू…

Read More

धनगढी : कैलालीको धनगढीमा रहेका दुईवटा कम्पनीले कर छली गरेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सको कैफियत फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुका अनुसार दुबै कम्पनीलाई कारबाही गरिएको छ । आन्तरिक राजश्व कार्यालय धनगढीले दुबै कम्पनीलाई कारबाही गरेको हो । आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको उनले जानकारी दिए ।

Read More

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरी जिल्ला अदालत, काठमाडौँमा मुद्दा चलाएको छ। असार १९ गते अदालतमा पुगेको उक्त मुद्दाका एक अभियुक्त नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द छन्। उनी सुन तस्करीवापतको रकम गैरकानुनी तवरले भुक्तानी दिने र हुन्डी कारोबार गर्ने कार्यमा जोडिएका नेपाल पेवेल प्रालि नामक कम्पनीका सञ्चालक हुन्। त्यसमा उनको २० लाख रूपैयाँबराबरको सेयर लगानी देखिएको छ। यस कम्पनीका अध्यक्ष भने भीमप्रसाद तिमिल्सिना हुन्। तिमिल्सिना भने पक्राउ परिसकेका छन्। अभियोगपत्रमा प्रतिवादी खण्डको ४३ नम्बरमा चन्दको नाम फरार प्रतिवादीका रूपमा उल्लेख छ। शेर बहादुर चन्दको नाति ललित चन्दको छोरा जिल्ला…

Read More