Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बीच अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्। मुख्यमन्त्री रावलले भोलि ११ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो। त्यसका लागि उनी केही दिन अघि मात्रै काठमाडौं आएका थिए।…

Read More

धनगढीः माघ ४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डीआईजी अशोक सिंहले अपराधिक गतिविधि नियन्त्रणमा मात्रै होइन प्रहरी कर्मचारीको कार्यशैलीमा समेत परिवर्तन ल्याएका छन्। यसअघि प्रहरी कार्यालयमा मस्तसँग आराम गरिरहेका कर्मचारीहरूलाई डीआईजी सिंहले सडकमा उतारेका हुन्। कुनै ठाउँमा घटना घटे लगत्तै प्रहरीलाई त्यहाँ परिचालन गर्ने उद्देश्यसहित उनले प्रहरी कर्मचारीलाई सुरक्षाका सामग्रीसहित सडकमा तैनाथ गरेका छन्। उनले कमाण्ड सम्हाले लगत्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा फरक दृश्य देखिए। कतिपय नागरिकहरूले कुनै उच्च व्यक्तिको सवारी हुँदैछ की भन्ने सोचे। सडकमा प्रहरीको बाक्लो उपस्थिती देखेपछि स्थानीयले सोध्ने गर्थे किन आज यसरी प्रहरी सडकमा उत्रिएका छन् ? की कुनै नेता आउँदै…

Read More

दाङः दाङमा प्रहरीले कुटपिट गरेर पत्नीको हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल बस्ने ४९ वर्षीय कृतिमान बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका १९ मलार दुईखोली खोलामा आइतबार राति आफ्नी ४४ वर्षीया पत्नी गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार कुटपिटबाट हत्या गरेपछि कृतिमानले मुटुरोगका कारण बाटैमा मृत्यु भएको भनेर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए। उनका अनुसार सोमबार बिहान पत्नी गोबिनाको मुटु एक्कासी दुखेर बिरामी भई उपचारका लागि दाङको घोराही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको भनी…

Read More

धनगढीः बैतडीमा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ससुरा कारागार चलान भएका छन्। पञ्चेश्वर गाउँपालिका बस्ने ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो। अदालतको आदेशअनुसार अभियुक्तलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनी आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा २८ पुसमा पक्राउ परेका थिए।

Read More

धनगढीः संवैधानिक इजलासको फैसलाबाट रवि लामिछानेको पद गुमेको छ। तर गृहमन्त्री छँदा रविले खेलेको भूमिकाको सजायँ महाकाली किनारका जनताले भोग्नुपर्ने अवस्था आउदैछ। महाकाली नदीमा भारतले बलमिच्याइँपूर्वक गरिरहेको तटबन्ध निर्माणको विषय स्थानीयस्तरका साथै गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतसम्म पुगेकै छ। तर, यसमा सुधार हुनुको साँटो गृहमन्त्री र मन्त्रालयस्तरकै सहमतिमा नेपाली भूमिमा जोखिम बढ्नेगरी तटबन्ध धमाधम निर्माण भइरहेको छ। पुस ११ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने रास्वपा मात्रै होइन गृहमन्त्री र गृह मन्त्रालय पनि भारतभक्त देखिएका छन्। कतिसम्म भने, स्थानीयस्तरमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने सिडिओको सरुवा रोकेर भारतीय तटबन्ध निर्माणलाई सघाइँदैछ। सरकारमा जानुअघि विज्ञप्ति निकाल्ने रास्वपा पनि यसबारे चुपचाप छ। माघ…

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट ३२ वर्षीय रमेश सिंह र २३ वर्षीय रमेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। मंगलबार दिउँसो सोहि स्थानका सिंह र धामी पक्राउ परेको प्रहरीले बताएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सिंह र धामीबाट ३८० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडाैं: सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई सो  सजाय हुने फैसला सुनाएको हो । यसभन्दा अघि नै (माघ १०) गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यतिबेला नै उनलाईबाल यौन दुरुपयोग र मानव बेचबिखनको आरोपमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । मानव बेचबिखनको कसुरमा भने सजाय निर्धारणका लागि माघ २३ गते(आज) को पेसी तोकिएको थियो ।

Read More

बझाङः बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो। खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधवारर (पर्सी) विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री रावलले पर्सी विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई जानकारी पनि गराएका छन्। मुख्यमन्त्री रावलले प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेको सभामुख भीमबहादुर भण्डारीले बताए। उनका अनुसार मुख्यमन्त्री रावलले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन्। यस्तै उनले आफू विश्वासको मत लिने तयारीमा रहेको पनि जानकारी दिएको भण्डारीले बताए। उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ। क्याबिनेट बैठकको निर्णयसहित उहाँको पत्र पनि हामीलाई प्राप्त भएको छ। त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ।’रावल २७…

Read More

धनगढी: नेपाल विद्यार्थी संघ डडेल्धुराले अनलाइनमा बढी रहेको ठगीबारे सचेतना कार्यक्रम गरिरहेको छ। संघले अनलाइनका माध्यमबाट हुने जोखिमबारे जनचेतना जगाउन विभिन्न क्याम्पसमा कार्यक्रम गरिरहेको हो । सोही क्रममा आइतबारमात्रै सदरमुकामस्थित भिमदत्त बहुमुखी क्याम्पसमा संघले कार्यक्रम गरेको जिल्ला अध्यक्ष पवन ऎरले जानकारी दिए। कार्यक्रममा परिवर्तन सामाजिक संजालको दुरुपयोग तथा अनलाइनका माध्यमबाट हुने गरेको ठगीबारे विद्यार्थीलाई जानकारी दिइएको उनले बताए । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सांसद सरस्वती खड्का तथा क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष सन्तोष जैरु अतिथि रहेका थिए । आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने संघका अध्यक्ष ऎरले बताए ।

Read More