Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ । आजको बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको उनले बताए । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए ।…

Read More

काठमाडौं – प्रहरी स्कर्टिङमा फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजिएपछि स्थानीयसँग झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए । धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर ढुंगा हान्न थालेका छन् । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् । दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठामाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय चुनाव झापाबाटै लड्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाडौँबाट चुनाव नलड्ने बताएका हुन् । ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता, घरजम यता कुरै हुन्न ।’, शर्माले ट्वीटरमार्फत भनेका छन् ।

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरु गरेको हो । समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ । यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल हुने छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा…

Read More

काठमाडौं – सरकारले आजदेखि काठमाण्डौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो। पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका…

Read More

काठमाडौं – सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।

Read More

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने भएको छ । बुधवार एक भिडियो सन्देश जारी गर्दै पार्टी अध्यक्ष लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेको बताएका छन् । अध्यक्ष लामिछानेले प्रदेश र जिल्ला समन्वय समिति भ्रष्टाचार र खर्चको अखडा भएका कारण सुधारको माग गर्दै प्रदेश निर्वाचनमा भाग नलिने जनाएका हुन् । लामिछानेले देशव्यापी राजनीतिक भ्रमणका क्रममा प्रदेश संरचनाप्रति असन्तुष्टी देखिएको जनाउँदै स्थानीय तहलाई थप बलियो बनाएर प्रदेशसभालाई सुधारेर लैजानुपर्ने जनाएका छन् । उनले भनेका छन्,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’…

Read More

काठमाडौँ – संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ । २०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

Read More

काठमाडौं – आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेशका…

Read More