Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ । यसअघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाा ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो। लगातार तीन पटक मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको छैन । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा…

Read More

काठमाडौं – इन्डो-तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस मंगलबार बिहान ११ बजे कश्मीरको पहलगाममा दुर्घटना भएको छ। दुर्घटना भएर बस १०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनामा ६ सैनिकको मृत्यु भएको छ। बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए। बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए। जवानहरू अमरनाथ यात्राको सुरुवात बिन्दु चन्दनवाडीबाट पहलगाम आउँदै थिए। बीचमा चालकले नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको थियो । घाइतेको उद्धार कार्य सुरु गरिएको छ। अनन्तनागका डिप्टी कमिश्नरका अनुसार घाइते जवानहरूको अनन्तनागको सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ।घटनास्थलतर्फ १९ वटा एम्बुलेन्स पठाइएको…

Read More

काठमाडौं – राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने भएका छन् । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रपतिज्यूलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनः विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकको निर्णयमा भनिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा मंगलबार नै पेस भइसकेको छ।

Read More

काठमाडौं – संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा ठूला नेताले निर्वाचन क्षेत्रमा चुनावकेन्द्रित गतिविधि बढाउन थालेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पछिल्लो केही वर्षदेखि निरन्तर चितवन पुगिरहेका छन् । विगतमा नेकपा अध्यक्ष हुँदा तथा पुनः माओवादी अध्यक्ष हुँदा पनि प्रचण्ड चितवन पुगिरहेका थिए । हाल चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद रहेका प्रचण्ड पुनः प्रत्यक्ष लड्ने तयारीमै रहेकाले जिल्लाका कार्यक्रममा बढी पुग्ने गरेका हुन् । उनीनिकट नेताहरूले दिएको जानकारीअनुसार उनी आगामी निर्वाचनमा पनि चितवन– ३ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । ‘उहाँलाई विभिन्न जिल्ला कमिटीहरूले आफ्नो जिल्लाबाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन्,’ उनीनिकट ती नेताले भने,…

Read More

काठमाडौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

Read More

हेटौंडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने भएकाले चाँडै लागू गर्नुपर्ने बताउनु भएको छ । मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उहाँले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा पनि प्रणालीले सहयोग गर्ने बताउनुभयो । ‘मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या भईरहेको छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक, आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्छ ।’ असहाय बालबालिकाको एकीन तथ्यांक नहुँदा धेरै समस्या भएको भन्दै उहाँले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको…

Read More

काठमाडौं – तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा सल्यानको दार्मा गाउँपालिका- ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन(मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिब २२ लिटर एसिड सहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरूलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक फिर्ता आउनु राम्रो भएको र अब वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्षे प्रावधान राख्न आग्रह गरे । दलहरु विभाजित भएर होइन एकजुट भएर सात वर्षे प्रावधान राखेर पारितसहित गर्नुपर्नेमा उनले जोड दिए । ‘संसदमा रहेका राजनीतिक दल एक ठाउँमा उभियौँ, नागरिकता जस्तो संवेदनशील विषयमा विभाजित भएर होइन, हामी कित्ताबन्दी भएर होइन, समाजलाई विभाजित गरेर होइन, एक ठाउँ उभिएर पुनर्विचार गरौँ,’ प्रमुख सचेकत भट्टराईले भने…

Read More

काठमाडौं – प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो। अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो।

Read More

काठमाडौं – आज मंगलबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

Read More