Author: महेन्द्रनगर पोष्ट

धनगढी: प्रहरी प्रधान कार्यालयले एकैसाथ सरुवा गरेका ५३ जना एसपी (प्रहरी उपरीक्षक) हरुको दरबन्दी कायम गरेको छ। आज (बिहीवार) एक सूचना जारी गर्दै दरबन्दी कायम गरेको जनाएको छ। हेर्नुस् सूची

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र किन अपराधी देख्‍छ? भनेर आक्रोश व्‍यक्त गरेकी छन्। फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परिसकेका छन्। आफ्ना सांसद पक्राउ परेसँगै अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधी थारूहरूलाई मात्र देख्‍ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!’ नाउपाले केन्द्रमा र सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गरेको छ। यद्यपि, सरकारमा सहभागी भने भएको छैन। सुदूरपश्चिम प्रदेशमा नाउपाको निर्णायक मत रहेको छ। पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी…

Read More

धनगढी: कैलालीको धनगढी बसपार्कमा एक युवक मृत फेला परेका छन्। बिहीवार बिहान  भारतबाट धनगढी पुगेका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर दिउँसो मृत भेटिएका हुन्। बसपार्कस्थित चन्द्रदिप मिलन बोक्टान होटलमा आराम गर्न भन्दै बसेका प्रकाश मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घर्तीमगर होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए। उनकाअनुसार घर्तीमगर बिहीबार बिहान ९ बजे भारतको रत्नागिरीबाट धनगढी पुगेर होटलमा शौचालय गएका थिए। शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिकाको बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए। मानसिक सन्तुलन ठीक नभएका घर्तीमगरसँग चन्दको बाटोमै भेट भएको थियो। मृतककी…

Read More

एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोदोको व्यापक प्रचार गर्ने र कोदो किसानको भूमिकालाई सर्वोत्कृष्ट रुपमा लिनुपर्ने बताएका छन्। उनले भारतका अन्य राज्यमा भन्दा उडिसामा कोदोको खेती व्यापक हुन थालेको भन्दै त्यहाँका किसानको प्रयासको मुक्त कण्ठले प्रशंसा गरेका छन्। प्रधानमन्त्री मोदीले सुन्दरगढ आदिवासी जिल्लामा लगभग १५ सय महिलाको स्व–सहायता समूहले गरिरहेको कामको बारेमा थप विवरण दिँदै भनेका छन्,‘ती सबै उडिसा मिलेट मिसनसँग सम्बन्धित छन्। महिलाहरूले कोदोको चकलेट,रसभरि, लालमोहन,केकलगायत धैरै परिकार बनाउँछन्। बजारमा त्यस्ता उत्पादनको माग धेरै भएकाले महिलाको आम्दानीसमेत बढेको छ।’ उता कर्नाटकको बिदर जिल्लामा पनि हुल्सुर कोदो उत्पादक कम्पनीसँग आवध्द महिलाहरूले कोदो खेती गरेका छन्। उनीहरुले पीठो तयार गर्छन् र…

Read More

कञ्चनपुरः कैलालीबाट लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ घर भइ धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर कैलाली बस्ने सुनिल चौधरीलाई लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले २०७८ फागुन १५ गते उनलाई लागुऔषध मुद्धामा सजाए सुनाएको थियो। बुधवार प्रक्राउ गरी उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ। जिल्ला अदालतले उनलाई दुई सय जरिवाना र ३ महिना कैद भुक्तानको लागी कारागार चलान गरेको छ।

Read More

टेकसिंह​ धामी, धनगढीः नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल पुस २७ गते सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त भए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका रावलले नियुक्त भएकै भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिए। त्यसै दिन रावलले सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गरे। सो दिन मुख्यमन्त्री रावलले दुईजना मन्त्रीलाई नियुक्त गरेर शपथ खुवाए। नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता खगराज भट्ट र एमालेकी सन्तोष थापा शर्माले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए। अहिलेसम्म मन्त्रीद्वय शर्मा र भट्ट मन्त्रालयविहीन हुँदा कामविहीन जस्तै देखिएका छन्। मुख्यमन्त्री रावलले विश्वासको मत नलिँदा उनीहरूले विभागीय जिम्मेवारी पाउन नसकेका हुन्। यस्तै…

Read More

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन्। उनी पहिलो पटक नेपाल आएको पाण्डेको भनाइ छ। उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए। उनलाई पक्राउ गरि अहिले गौसालामा राखिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

Read More

महेन्द्रनगरः कंचनपुर प्रहरीले अवैध लागुऔषधविरुद्द आक्रामक अभियान थालेको छ। हिजो साझ महेन्द्रनगरको सब्जीमन्डिबाट ठुलो मात्रामा चरेश बरामद गर्न प्रहरी सफल भएको हो। वडा नम्बर १८ बाट पनि एक जना महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सब्जीमन्डिस्थित करन साउदको घरको कोठाबाट १ किलो ६६४ ग्राम चरेशसहित सोही ठाउ बस्ने ४२ वर्षका लोक बहादुर साउद र २४ वर्षका डम्मर शाह पक्राउ परेका हुन्। डिएसपी चक्र बहादुर शाहले कारोबार भैरहेको बिशेष सूचनाका आधारमा छापा मार्दा चरेश बरामद भएको जानकारी दिए। यस्तै हिजोनै भीमदत्त नगरपालिका १८ बस्ने रेखा बडु लाई पनि १६७ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ।

Read More

धनगढीः कैलालीमा भारतबाट अवैध रुपमा भन्सार छली गरेर सामान ल्याइरहेको अवस्थामा साहुजीसहितका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–४ अस्नेहरीमा भारतबाट भन्सार छली ल्याउदै गरेको सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय अरुण गुप्‍ता (साहुजी), भारतको तिकुनिया बस्ने २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए। उनीहरुको साथबाट ४० हजार रुपैयाँ बराबरको साढे चार बोरा मम्फली र साइकल बरामद गरिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

Read More

धनगढीः चलचित्रमा देखिने नायक नायिका तथा उनीको अभियनभन्दा बढी सुन्दर हुन्छन् केही दृश्यहरु। कलाकारलाई सबै दर्शक स्रोताले चिन्ने गरेको भएपनि फिल्म खिच्ने व्यक्तिहरु भने पर्दा पछाडि हुन्छन्। त्यस्तै नेपाली चलचित्र इन्डसस्ट्रिमा सुन्दर दृश्य खेचेर आफ्नो कौसल देखाउन सफल भएका छन्, सुदूरपश्चिम कैलालीका राजेन्द्र सापकोटा। कैलालीको मसुरियामा जन्मिएका सापकोटाले अहिले राष्ट्रिय स्तरका फिल्महरु खिच्ने गरेका छन्। एसएसलीसम्मको अध्ययन कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा गरेका सापकोटा त्यसपछि काठमाडौं आएका थिए। सानैदेखि फिल्म क्षेत्रमा काम गर्ने सोच भएका उनी काठमाडौं र्आपछि फिल्म मेकिङ पढ्न थाले। उक्त विषयमा स्नातक गरेका राजेन्द्र त्यसपछि चलचित्रतर्फ लागे। नेपाली दर्शकले औधि मन पराएका फिल्म खिच्ने अवसर पनि उनले पाएका…

Read More