Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछाम जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्जलाई जिल्ला तानिएको छ। सो प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) महेशसिंह धामीलाई जिल्ला तानिएको हो। यहीँ कार्तिक १४ गते राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीलाई देउसी भैलोको टिमले कुटपिट गरेको थियो। सो घटनामा असई धामीको कमजोरी देखिएपछि जिल्ला तानेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। साथै उनले कुटपिटमा संलग्नको पनि खोजी कार्य हुने जानकारी दिए। मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका असई धामीले देउसी भैलो टोलीसँग विवाद गरेको बुझिएको छ। सोही क्रममा असईमाथि कुटपिट भएको…

Read More

धनगढीः कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीय महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा धामीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र बालिकाको ३० वर्षीया आमा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार कात्तिक २२ गते बिहीबार राति बालिकाको आमाले छोरी बिरामी भएपछि झारझुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन्। त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका उपलब्धि विवतरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सय दिनको अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा सरकारले केही महत्त्वपूर्ण काम गरेको दाबी गरे। निर्धारित अवधिमा बजेट आउन नसकेर प्रदेश बजेट शून्यताको अवस्थामा रहेका वेला नयाँ सरकारले बजेट ल्याएर आर्थिक गतिविधि चलायमान बनाएको, केही ऐनहरू निर्माण तथा संशोधन गरेको उनले बताए। प्रभावकारी सेवा प्रवाह र विकासको माध्यमबाट प्रदेशका आमनागरिकबिच विकास, स्थायित्व र सुशासनका लागि आशा र भरोसा बढाउने काम सरकारले गरेको मुख्यमन्त्री शाहले दाबी गरे। सूचना, प्रविधि र सामाजिक सञ्जालको प्रयोगमार्फत स्थानीय तह र प्रदेश…

Read More

काठमाडौं: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसको ठक्करबाट मृत्यु भएको हो। सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङगलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। विद्यार्थी उतारेर बस अघि बढ्दा सोही स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो। भारतको लखनौंस्थित ईभीए अस्पतालमा उपचारको क्रममा बालकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए। स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि कारबाहीको माग गर्दै विद्यालयमा भेला भएका उनीहरुले आक्रोशित विद्यालयभित्रबाट फर्निचर निकालेर…

Read More

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको हत्या प्रकरणमा ८ जनालाई पक्राउ गरिएको छ। सोमबार बाख्रा चोरीको आरोप लगाउँदै गौरीगंगा नगरपालिका–११ को कान्तिपुरका ३० वर्षीय भुललाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित ८ जनालाई समातिएको हो। हालसम्म प्रहरीले सोही प्रकरणमा रमा रावल, जंग भुल, विशाल विक, धर्म विक, देवराज सापकोटा, दिनेश भुल, दिनेश बिकलाई पनि पक्राउ गरेको छ। शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर एक जम्भो समूहले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका…

Read More

काठमाडौं: भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक नेपाल आउन लागेका छन्। दुई महिनाअघि मात्र सो पदमा नियुक्त अमृत मोहनप्रसादको नेतृत्वमा नौ सदस्यीय टोली चार दिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ। केही समयअघि रोकिएको भ्रमण अहिले हुन लागेको हो। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको निम्तोमा आउन लागेका अमृत मोहनप्रसादको टोलीले मंसिर १ गते औपचारिक भेटवार्ता गर्ने छ।  मंसिर २ गते घुमघाम र भोलिपल्ट पुनः बैठकपछि मंसिर ३ गते साँझ नयाँ दिल्ली फर्कने भ्रमण तालिका बनाइएको छ। अमृत मोहनप्रसादलाई भारत सरकारले गत सेप्टेम्बरमा महानिर्देशकमा नियुक्त गरेको थियो। सशस्त्र सीमा बल भारतको गृह मन्त्रालय अन्तर्गत केन्द्रीय सशस्त्र…

Read More

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आइपुगेका छन्। उनी सोमबार बेलुकी जिल्ला सदरमुकाम आइपुगेका हुन्। चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए। यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यसपटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आएका हुन्। देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ। उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन्। २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। सोमबार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला…

Read More

डडेल्धुरा: सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत साेमबारदेखि डडेल्धुरामा सुरु हुँदै छ। गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको छ। शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिङ्ग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ। लाटा गन्याप देवताको भक्तिस्वरूप बनाइने जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेल्ने गरिन्छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ‘देउताको प्रतीक) ल्याउने…

Read More

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त गरिएको छ। डाक्टर पाण्डेलाई सामाजिक विकास मन्त्रालयले आइतबार प्रमुख मेसुको जिम्मेवारी दिएको हो। डाक्टर पाण्डेलाई प्रदेश सचिव चक्रपाणि पाण्डेले दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्त गरेका हुन्। डाक्टर पाण्डेलाई गत वर्ष सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको कार्यकालमा मेसुबाट हटाउन महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको थियो। त्यसपछि मेसुको जिम्मेवारी डाक्टर शेरबहादुर कमरलाई दिइएको थियो। यस्तै उता गेटा अस्पतालमा भने प्रमुखको रुपमा डाक्टर अशोक श्रीपाईली पठाइएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। सोमबार बिहान धनगढी उपमहानगरपालिका–११ घोडसुवास्थित ठेकराज माध्यमिक विद्यालयको शौचालय नजिक अन्दाजी ५५ वर्षीय पहिचान नखुलेको पुरुषको शव फेला परेको हो। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।   जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्ण गहुगोरो, उचाई ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट, दाह्री फुलेको पुरुषको शव फेला परेको हो। घटनास्थल नजिकै ढाका टोपी, घगारुको लाठी, च्यादर फेला परेको हुँदा लाठी टेक्ने टोपी लगाउने पुरुष हुन सक्ने प्रहरीको अनुमान छ। 

Read More