धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ। मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे। ‘निवेदन आएको छ। तर मैले हेर्न पाइसकेको छैन,’ उनले भने। लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा…
Author: महेन्द्रनगर पोष्ट
एजेन्सी: भारतीय सेनाले कम्बोडियन सेनालाई तालिम दिने भएको छ । दुई मुलुकका सैन्य अधिकारीहरुले गरेको हालैको सोसम्बन्धी सम्झौता दुबै मुलुकको सार्वभौम रक्षाको निम्ति ‘टर्निङ प्वाइन्ट’ भएको भारतीय सुरक्षा विश्लेषकहरूको निश्कर्ष छ । सम्झौताबमोजिम भारतीय सेनाका प्रशिक्षण कमाण्डरहरूले कम्बोडियन सेनाका लागि विशेष पाठ्यक्रमसहितको तालिम सञ्चालन गर्नेछन् । त्यसका लागि भारतीय सेनाले कम्बोडियामा नै प्रशिक्षण टोली पठाउने छ । भारत भ्रमणमा आएका रोयल कम्बोडियन आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल हुन मानेत र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेबीच नयाँ दिल्लीमा भएको वार्तापछि रक्षा मन्त्रालयमा भएको सम्झौतामा सोसम्बन्धी विषय उल्लेख गरिएको हो । कम्बोडियाली सेनाका कमाण्डरले भारत भ्रमण गरेको यो पहिलो नै पहिलो हो…
कञ्चनपुरः कञ्चनपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ जनज्योती चोकमा भारतीय नागरिक मृत फेला परेका हुन्। चोक नजिकै काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बीच अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन्। मुख्यमन्त्री रावलले भोलि ११ बजे विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो। त्यसका लागि उनी केही दिन अघि मात्रै काठमाडौं आएका थिए।…
धनगढीः माघ ४ गते मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका डीआईजी अशोक सिंहले अपराधिक गतिविधि नियन्त्रणमा मात्रै होइन प्रहरी कर्मचारीको कार्यशैलीमा समेत परिवर्तन ल्याएका छन्। यसअघि प्रहरी कार्यालयमा मस्तसँग आराम गरिरहेका कर्मचारीहरूलाई डीआईजी सिंहले सडकमा उतारेका हुन्। कुनै ठाउँमा घटना घटे लगत्तै प्रहरीलाई त्यहाँ परिचालन गर्ने उद्देश्यसहित उनले प्रहरी कर्मचारीलाई सुरक्षाका सामग्रीसहित सडकमा तैनाथ गरेका छन्। उनले कमाण्ड सम्हाले लगत्तै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी लगायत अन्य क्षेत्रमा फरक दृश्य देखिए। कतिपय नागरिकहरूले कुनै उच्च व्यक्तिको सवारी हुँदैछ की भन्ने सोचे। सडकमा प्रहरीको बाक्लो उपस्थिती देखेपछि स्थानीयले सोध्ने गर्थे किन आज यसरी प्रहरी सडकमा उत्रिएका छन् ? की कुनै नेता आउँदै…
दाङः दाङमा प्रहरीले कुटपिट गरेर पत्नीको हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ गुम्चाल बस्ने ४९ वर्षीय कृतिमान बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही उपमहानगरपालिका १९ मलार दुईखोली खोलामा आइतबार राति आफ्नी ४४ वर्षीया पत्नी गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए। उनका अनुसार कुटपिटबाट हत्या गरेपछि कृतिमानले मुटुरोगका कारण बाटैमा मृत्यु भएको भनेर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए। उनका अनुसार सोमबार बिहान पत्नी गोबिनाको मुटु एक्कासी दुखेर बिरामी भई उपचारका लागि दाङको घोराही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको भनी…
धनगढीः बैतडीमा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ससुरा कारागार चलान भएका छन्। पञ्चेश्वर गाउँपालिका बस्ने ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो। अदालतको आदेशअनुसार अभियुक्तलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनी आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा २८ पुसमा पक्राउ परेका थिए।
धनगढीः संवैधानिक इजलासको फैसलाबाट रवि लामिछानेको पद गुमेको छ। तर गृहमन्त्री छँदा रविले खेलेको भूमिकाको सजायँ महाकाली किनारका जनताले भोग्नुपर्ने अवस्था आउदैछ। महाकाली नदीमा भारतले बलमिच्याइँपूर्वक गरिरहेको तटबन्ध निर्माणको विषय स्थानीयस्तरका साथै गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतसम्म पुगेकै छ। तर, यसमा सुधार हुनुको साँटो गृहमन्त्री र मन्त्रालयस्तरकै सहमतिमा नेपाली भूमिमा जोखिम बढ्नेगरी तटबन्ध धमाधम निर्माण भइरहेको छ। पुस ११ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने रास्वपा मात्रै होइन गृहमन्त्री र गृह मन्त्रालय पनि भारतभक्त देखिएका छन्। कतिसम्म भने, स्थानीयस्तरमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने सिडिओको सरुवा रोकेर भारतीय तटबन्ध निर्माणलाई सघाइँदैछ। सरकारमा जानुअघि विज्ञप्ति निकाल्ने रास्वपा पनि यसबारे चुपचाप छ। माघ…
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट ३२ वर्षीय रमेश सिंह र २३ वर्षीय रमेश धामी लागुऔषधसहित पक्राउ परेका हुन्। मंगलबार दिउँसो सोहि स्थानका सिंह र धामी पक्राउ परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सिंह र धामीबाट ३८० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको छ।
काठमाडाैं: सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई सो सजाय हुने फैसला सुनाएको हो । यसभन्दा अघि नै (माघ १०) गते काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यतिबेला नै उनलाईबाल यौन दुरुपयोग र मानव बेचबिखनको आरोपमा ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । मानव बेचबिखनको कसुरमा भने सजाय निर्धारणका लागि माघ २३ गते(आज) को पेसी तोकिएको थियो ।