Author: महेन्द्रनगर पोष्ट

काठमाडौँः रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरी कारागारको ‘ख’ ब्लकमा बस्छन्। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको भेटघाट र बैठक पनि कारागार परिसरमै हुन्छ। अचेल कारागारमा भेटघाट बाक्लो हुने गरेको पनि बताइएको छ। यसअघि सुदूरपश्चिममा उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढल्यो। अहिले कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेको छ। शाह नेतृत्वको सरकार बन्नुअघि र बनेपछि पनि सुदूरपश्चिमका कांग्रेस नेता रमेश लेखक र प्रकाश देउवा डिल्लीबजार कारागार पुगेका छन्। ‘मुख्यमन्त्री र अरू नेताहरू भेट्न आइरहनुहुन्छ,’ कारागार स्रोतले भन्यो, ‘उहाँको भेटघाट बाक्लो हुने गरेको छ।’ कारागार प्रशासनले चौधरीको भेटघाटका लागि…

Read More

धनगढी: नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् । ‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ यस्तै भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए । ‘रेशम चौधरीको…

Read More

धनगढीः निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीले १० बर्ष पहिले भएको फैसलाबारे आफूलाई जानकारी नभएको बताएका छन्। आज जिल्ला अदालत कैलालीमा बयान दिएर कारागार फर्किँदै गर्दा उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताएका हुन्। ‘मैले न्याय पाउनु पर्छ। मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन। हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’ उनले भने, ‘म कैलाली आउँदै थिए। मलाई अपहरणको शैलीमा बाटोमा समातियो।’ २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध…

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही…

Read More

धनगढीः मानसिक सन्तुलन बिग्रिएकी शैल्यशिखरकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ झलातीका २७ वर्षीय युवकलाई पक्राउ गरेको छ। झलाती घर भएर शैल्यशिखर नगरपालिका–९ पथ्थराइनमा बस्दै आएका प्रेम पार्कीलाई प्रहरीले हिजो राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार स्थानीयबासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट गएको टोलीले राति नै आरोपितलाई पक्राउ गरेको थियो। ‘हिजो राति करिब साढे ९ बजेतिर मानसिक सन्तुलन बिग्रिएकी ४५ वर्षीया महिलालाई पार्कीले ससुराली घर नजिक बलात्कार गरेको खबर स्थानीयले दिएपछि पक्राउ गरेका हौँ,’ उनले भने, ‘जिल्लामा ल्याएर मुद्दा दर्ता गरी थप अनुसन्धानको काम चलिरहेको छ।’ पार्की ३र४…

Read More

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियरमाथि ठेकेदारले हातपात गरेको बताइएको छ। काम गरेको भुक्तानी माग्दै ठेकेदारले नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारीमाथि हातपात गरेका हुन्। आज बिहान कार्यकक्षमै हातपात लम्कीचुहाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। ठेकेदारले भुक्तानीका लागि निवेदन मात्र दिएका र अन्य आवश्यक कागजात छैन ? भन्दा ईन्जियरमाथि हातपात गरेको उनको दाबी छ। लम्कीका ठेकेदार प्रकाश शाहीले भने हातपात नगरेको बताएका छन्। अहिले नगरपालिकाकामा कर्मचारीहरुले पेनडाउन गरेर आन्दोलनमा उत्रिएका छन्।

Read More

काठमाडौंः म्याकुरीको नामले परिचित हास्य कलाकार पवन खतिवडा मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनीसहित २ जनालाई नियन्त्रणमा लिएको हो। मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए। होटलबाट बाहिर निस्किएर झगडा गरेको प्रहरीलाई स्थानीयले खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन्। पीडित पक्ष चौकी आएर सहमति नगरेसम्म खतिवडा प्रहरी हिरासतमा हुने जनाइएको छ।

Read More

धनगढीः नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज धनगढी पुगेकी छन्। उनी बिहान साढे १० बजेको श्री एअरलाइन्सको उडानमा धनगढी आएकी हुन्। सोही उडानमा एमाले परित्याग गरेर हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता घनश्याम भुसाल पनि धनगढी आएका छन्। उनी पार्टीको प्रशिक्षणका लागि धनगढी आएको बताइएको छ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यको पुस २८ गते सरुवा भयो। संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले २८ गते आचार्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण बहादुर कठायतलाई खटाउने निर्णय भएको थियो। संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालय ९अतिरिक्त० समूहबाट घोडाघोडी नगरपालिकामा खटिएका प्रमुख कार्यकारी अधिकृत सरुवा भएको केही समय पछि नगरपालिकामा हाजिर भए। तर, नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने १ महिना सम्म पनि रमाना बुझेनन्। कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी क्वाटर पनि अहिले आचार्यले नै प्रयोग गर्दै आइरहेका छन्। कार्यालय प्रमुखको कामकाज सुरु गरिसक्दा पनि सरुवा भइसकेका…

Read More

धनगढी: निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो। उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधिमार्फत बयान दिने छन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली…

Read More