धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियरमाथि ठेकेदारले हातपात गरेको बताइएको छ। काम गरेको भुक्तानी माग्दै ठेकेदारले नगरपालिकाका ईन्जिनियर प्रशान्त अधिकारीमाथि हातपात गरेका हुन्।
आज बिहान कार्यकक्षमै हातपात लम्कीचुहाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। ठेकेदारले भुक्तानीका लागि निवेदन मात्र दिएका र अन्य आवश्यक कागजात छैन ? भन्दा ईन्जियरमाथि हातपात गरेको उनको दाबी छ।
लम्कीका ठेकेदार प्रकाश शाहीले भने हातपात नगरेको बताएका छन्। अहिले नगरपालिकाकामा कर्मचारीहरुले पेनडाउन गरेर आन्दोलनमा उत्रिएका छन्।
Facebook Comments Box