Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजू राणा देउवाले आज संघीय सरकार र धनगढी उपमहानगरपालिकाको लगानीमा निर्माण भएका तीन आयोजनाको उद्घाटन गरेकी छन्। धनगढी–८ मा निर्माण भएको तौलाहा तालका संरक्षण, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको भवन र वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका विभिन्न संरचनाहरुको देउवाले उद्घाटन गरेकी हुन्। नेतृ देउवाले धनगढीमा १२ करोड ३७ लाख बढीका तीन भौतिक संरचनाको उद्घाटन गरेकी हुन्।

Read More

धनगढीः नेकपा एमालेको निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा युवा नेता भरत शाह चयन भएका भएका छन्। शाह सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्यमा चयन भएका हुन्। शाह सुदूरपश्चिममा समाजसेवीको रूपमा परिचित छन्। उनले कोरोनाकालमा युवाहरूलाई समेटेर राहत अभियान सञ्चालन गरेका थिए। उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेको थियो। सुदूरपश्चिम फाउन्डेसनको नेतृत्व गरेको शाह युवा माझ लोकप्रिय छन्। उनी राष्ट्रिय युवा संघ नेपालको अछाम इन्चार्ज समेत हुन्।

Read More

धनगढीः नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए। कार्यक्रमले जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुगाउने विश्वास जोशीको छ। स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने उनी बताउँछन्। त्यसैका लागि आज अनेरास्ववियु धनगढी उपमाहानगर कमिटीको टालीले वडाध्यक्षहरुलाइ आमन्त्रण गर्दै र कार्यक्रमबारे जानकारी गराएको छ।

Read More

धनगढीः सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले विद्धुतको बक्यौता असुल्न माग गर्दै नेपाल बिद्धुत प्राधिकरणमा निवेदन हालेका छन्। विभिन्न उद्योग तथा कम्पनीले विद्युत महशुलको बक्यौता रकम नबुझाएकोले तत्काल ती कम्पनीसँग रकम असुल उपर गर्न माग गर्दै उनले हिजो प्राधिकरणमा निवेदन दिएका हुन्। बक्यौता बुझाउन ३५ दिनको समयसीमा तोकी ताकेता गर्न प्राधिकरणलाई भनेका उनले अन्थया लाइन काट्न माग गरेका छन्। ‘विभिन्न उद्योगधन्दा तथा कलकारखानाले नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल नबुझाएको एंव बुझाउन आनाकानी गरिरहेको भन्ने खबर सार्वजनिक हुने गरेका सम्पूर्ण बक्यौता बुझाउन बाँकी उद्योग एंव कम्पनीहरुलाई ३५ दिनको समयसीमा तोकी विद्युत महशुलको बक्यौता…

Read More

बैतडीः जिल्लाको पाटन नगरपालिका–४ पलेटामा एक बालिका मृत फेला परेकी छन्। स्थानीय रमेश चन्दकी ८ वर्षीया छोरी ललिता आज बिहान मृत फेला परेकी हुन। उनी सोमबार दिउँसोबाट सम्पर्कविहीन भएकी थिइन। मंगलबार विहान सोहीँ वडाको मङराउ खोलामा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। बालिकाको शव पोष्टमार्टमका लागि पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक खत्रीले बताए।

Read More

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय बाशुदेव जोशीको हत्या घटनाका दुई जना आरोपित समातिएका छन्। हत्या आरोपमा दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए। ‘महिलालाई हिजै समातेका हौँ, अर्का आरोपित बिष्टलाई आज घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै छौँ,’ उनले भने। आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीका एक सदस्यका अनुसार गाउँमा बिष्टका दुई घर छन्। मुलघर भन्दा अर्को घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन। ‘ढोकामा बाहिरबाट ताला लगाएर बिष्टलाई भित्र लुकाइएको थियो,’ उनले भने। शनिबार राति…

Read More

धनगढीः नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवाले धनगढीको विकास देखेर चकित परेको बताएकी छन्। धनगढीमा जारी नेपाल भारत मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सांसद राणाले यस्तो बताएकी हुन्। राणाले यति छिटो धनगढीका सडकमा यति विकास होला र झिलिमिली बत्ती बल्ला भनेर कल्पना समेत नगरेको बताईन्। उनले भनिन्, ‘यति छिटो धनगढीका सडकमा यति विकास होला र झिलिमिली बत्ती बल्ला भनेर कल्पना पनि गरेको थिएन। हिजो राती महेन्द्रनगर बाट आएको गेटा भन्दा तलतिर आउदा कुन ठाउँ हो जस्तो लाग्यो।’ कार्यक्रमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागीता रहेको थियो।

Read More

धनगढी: धनगढी उपमहानगरपालिकामा नेकपा (एमाले) को कैलाली जिल्ला कमिटीको टोलीले अनुगमन गरेको छ। आज (सोमवार) एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितको टिमले उपमहानगरको अनुगमन तथा मेयर, उपमेयरसंग छलफल गरेको हो।उक्त छलफलमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। हिजोमात्र उपमहानगरले सार्वजनिक गरेको कक्षा ८ को वार्षिक परिक्षाको प्रारम्भिक प्रतिवेदनका सन्दर्भमा छलफल गरिएको जोशीले जानकारी दिए। उक्त प्रतिवेदनले कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएको देखाएको छ। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको…

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नेकपा (एमाले) कैलालीको जिल्ला कमिटीको टोलीले निरीक्षण गरिएको छ। आज (सोमवार) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी नेतृत्वको टोलीले अस्पतालको अनुगमन तथा प्रशासनसंग छलफल गरेको हो। सेवाग्राहीको आम जनगुनासोपछि अस्पतालको प्रभावकारी सेवा प्रदानमा सहजीकरण गर्न, गराउन अनुगमन गरिएको जोशीले बताए। उक्त अनुगमन टोलीमा एमाले कैलालीका जिल्ला कमिटी सदस्यत्रय कमलसिंह राना, मनोज राई र किशोर शाह पनि थिए। अनुगमनका क्रममा उक्त टोलीले अस्पतालका समस्या र आवश्यकताबारे मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेबाट जानकारी लिएका थिए। पाण्डेले अस्पताललाई विषेशज्ञ चिकित्सकसहितको ३०० बेड क्षमताको बनाउन पहल गर्न उनीहरुसमक्ष आग्रह गरेका थिए। यस्तै सो क्रममा हालसालै विवादित बनिरहेको अस्पतालको कर्मचारी…

Read More

धनगढीः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव धनगढी आएका छन्। उनी आज बिहान साढे ७ बजे श्री एअरलाइन्सको उडान नम्बर एसएयु २६१ मा धनगढी आएका हुन्। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसहितको टोली पनि हिजो स्थलमार्गबाट धनगढी आएको थियो। नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा। आरजू राणा पनि हिजो बिहान सबेरै काठमाडौंबाट स्वागतार्थ धनगढी आएकी छन्। धनगढीस्थित एक होटलमा अस्तिदेखि तीन दिने नेपाल–भारत सम्मेलन भइरहेको छ। चौथाइवाले पनि सोही कार्यक्रममा भाग लिन नयाँ दिल्लीबाट त्यहाँ पुगेको बताइन्छ। दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्धबारे आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अनुराधा गोस्वामीको पनि सहभागिता छ।…

Read More