Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्‍याउन योग्य बनाउनु पर्ने बताए । अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेयर भएकाले उनले कार्यालयहरूलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिए। उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका…

Read More

दार्चुला – कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बिहिबार प्रशासनले एक सुचना जारी गदैँ देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । विहिबार प्रशासनले एक सूचना जारी गदै सेवाग्राहीहरुको भिडभाड…

Read More

काठमाडौं – सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो । गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।

Read More

दार्चुला – दार्चुलामा स्वास्थ्य बीमा गरेका १ हजार ८८९जनाले जिल्ला अस्पताल दार्चुलाबाट उपचार सेवा पाएका छन् । उनीहरुले गत आर्थिक वर्ष २०७८/७९मा जिल्ला अस्पतालबाट उपचार सेवा पाएको स्वास्थ्य बीमा कार्यालय दार्चुलाका सहजकर्ता जमन सिह धामीले जानकारी दिनु भयो । सहजकर्ता धामीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनमा १२३ जनाले सेवा दिएका छन । भाद्र महिनामा १४५ जनाले सेवा पाएका छन । यस्तै असोजमा १०४ जना,कार्तिक महिनामा १०१ जना मंसिर महिनामा १२३ जनाले सेवा पाएको सहजकर्ता धामीले बताउनु भयो । यस्तै पुसमा १५८ जना माघमा १२८ जना फागुनमा २१७ जना चैत्रमा १६९ जानले सेवा लिएक छन । आर्थिक वर्षको चैत्रमा…

Read More

काठमाडौं – ​ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो । ​दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए । ‘हिजो काठमाडौँ महानगर प्रमुखसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

Read More

काठमाडौं – सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको छ।

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठक भोलि(शुक्रवार) बिहान ९ बजे बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बालुवाटारमा बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषयमा छलफल गरिने गठबन्धनका एक नेताले बताए । सिट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरूले कार्यदल बनाएर मोडिलाटी तयार गर्ने तयारी गरेका छन् । भोलि बस्ने बैठकले सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरेको छ ।

Read More

काठमाडौं – सरकाले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगत्तै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले आइतबारदेखि नै राजनीतिक दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

Read More