Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज नेप्से परिसूचक २७.७२ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो। सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिदबिक्री भयो। यस्तै स्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको सूचक क्रमश: ९.९७ र ९.९६ प्रतिशतले बढ्यो। कारोबारमा आएका १३ समूहको सूचकमा हरियाली छाएको छ।

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए । नेपालमा ८ वटा उत्तर कोरियाली…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ४९३० जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ४२१ जना कोरोनामुक्त भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताउनुभयो । “स्वदेशभित्रै उपलब्ध कच्चापदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ। मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ-आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे । नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’ को रुपमा नलिई यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाई थियो । सांसद ज्ञवालीले सो विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण समेत गराए । जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे…

Read More

काठमाडौं – नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए । उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

Read More

काठमाडौं – संसद बैठकमा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्। यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल सुरू भएको छ।

Read More

सर्लाही– मलङ्गवा नगरपालिका–२ मा करिब छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस सञ्चालन हुने बताइएको छ । नयाँ बसपार्क निर्माण भएको करिब छ महिना भइसकेको भए पनि सञ्चालनका लागि समन्वय भइरहेको र चाँडै नै सबै पक्षसँग समन्वय गरी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो । टर्मिनल भवनसहित निर्माण…

Read More

काठमाडौं – प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनः विचार हुन आवश्यक देखिएको…

Read More