Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो। प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन्। सजाय भने २५ फागुनमा सुनाइने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको नयाँ सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक(डीएसपी) को रुपमा कुलदिप चन्द आएका छन्। केही दिन अघिमात्रै चन्दले धनगढीस्थित कार्यालयमा उपस्थित भएर जिम्मेवारी सम्हालेका छन्। यसअघिका डिएसपी वेदप्रकाश जोशीको सरुवा भएपछि चन्द यहाँ आएका हुन्। प्रहरी प्रधान कार्यालयले जोशीलाई वडा प्रहरी कार्यालय(क) बैदाम कास्की पठाउदै उनको ठाउँमा डीएसपी चन्दको सरुवा गरेको थियो। चन्द यसअघि जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए। उनले अब कैलालीमा विषेशगरी लागुऔषध नियन्त्रण, अपराध तथा तस्करी नियन्त्रण लगायतलाई टार्गेट बनाएर प्रहरीले काम गर्ने जनाएका छन्।

Read More

धनगढीः सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा सुरू भएको छ। मङ्गलवारदेखि प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा सुरू भएको हो। विस्तारित सेवा सुरू भएसँगै सेतीबाट साँझ तीन बजेपछि पनि ओपिडी सेवा लिन सकिने छ। ओपिडि र अन्य उपचारमा न्यूनतम शुल्क तिरेर बिरामीले सहजै उपचार सेवा पाउने छन्। विस्तारित अस्पताल सेवामा ओपिडीसँगै प्रयोगशाला र शल्यक्रिया सेवा पनि प्रदान गरिने छन्। विस्तारित अस्पाल सेवा शनिवार र सार्जनिक विदाका दिन बाहेक आइतवारदेखि शुक्रवारसम्म दिउँसो ३ बजेदेखि सञ्चालन हुने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘सेतीमा विस्तारित अस्पताल सेवा सुरू भएसँगै साँझ तीन बजेपछि पनि ओपिडी सेवा सञ्चालन हुनेछ,’ उनले भने, ‘विस्तारित…

Read More

धनगढी : २५ गते हुने राष्ट्रपतिका निर्वाचनका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई जिताउन १९ गते धनगढीमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । केन्द्रमा भएको ८ दलीय गठबन्धनको सहमति अनुसार कैलालीका १९ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कैलालीमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन मुख्यमन्त्री कमल शाहले गर्ने भएका छन् । आज मुख्यमन्त्री कार्यालयका उपस्थित सत्ता गठबन्धनका सांसदहरूले राष्ट्रपतिमा पौडेललाई जिताउने बारे प्रशिक्षणको संयोजन गर्ने जिम्मेवारी शाहलाई दिएका थिए । बैठकमा कांग्रेस,माओवादी , नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरू सहभागी थिए । राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट कांग्रेसका पौडेल र एमालेका सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले २१ गते विश्वासको मत लिने तयारीमा लागेका छन्। आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सत्ता गठबन्धन दलका नेताहरूसँग उनले विश्वासको मत लिने बिषयमा सामान्य छलफल गरेका थिए । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अहिले सम्म उनले विश्वासको मत लिने बिषयमा ठोस निर्णय गर्न सकेका छैनन् । मुख्यमन्त्रीमा शाह सुरक्षित रहेपनि केन्द्रबाट निर्देशन नआएको हुँदा उनले विश्वासको मत लिने मिति निर्धारण गर्न नसकेका हुन् । तर, आज भने उनले २१ गते विश्वासको मत लिने आशय व्यक्त गरेको छलफलमा रहेका एक सांसदले…

Read More

धनगढी : बैतडीमा एक जना शिक्षकले जनप्रतिनिधि माथि हातपात गरेका छन्।  जिल्लाको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई हातपात गरेका हुन। शेरा–लेकम सिचाइँ योजनाका बारेमा बिवाद हुँदा शिक्षकले वडा सदस्यलाई कुटपिट गरेको घटना पालिकाको न्यायीक समितिमा पुगेको छ। वडा सदस्य साउँदको टाउको र औँलामा चोट लागेको छ। उनले न्यायीक समितिमा उजुरी दिएको बताए। वडा अध्यक्ष तेज बहादुर साउँद काम विशेषले धनगढीमा छन्। कार्यबाहक अध्यक्षको रुपमासमेत काम गरिरहेका थिए साउँद। घटनाको बारेमा जानकारी आएको र वडा अध्यक्षसहित जनप्रतिनिधि बसेर आवश्यक प्रक्रियामा जाने पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक धाना धामीले बताइन।…

Read More

धनगढी : दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको शव परिवारजनले अझै बुझेका छैनन। तीन दिन बितिसक्दा पनि आफन्तले शव नबुझेका हुन्। बुडालको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य तत्काल सार्बजनिक गरी दोषीमाथि कारबाही नगरुन्जेल शव नबुझने अडान परिवारजनले लिएका छन्। उनीहरुले आजै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र दिँदै सत्यतथ्य छानबिनको माग गरे। ‘पोष्टमार्टम रिर्पोट पनि आएको छैन, उक्त रिर्पोट चाँडो बाहिर ल्याउनुप-यो,’ एक जना आफन्तले भने, ‘घटना शंकास्पद देखिएको छ, सत्यतथ्य सार्बजनिक नभएसम्म शव नबुझने अडानमा छौँ।’ राष्ट्रिय अनुसन्धान विभागका सहायक सुचक बुडालको शव शनिबार राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा फेला परेको थियो। उनी बझाङमा कार्यरत थिए।…

Read More

धनगढी : अछाममा असिनासहित वर्षा भएको छ। आज (आइतवार) राति अछाम सहित सुदूरपश्चिमका विभित्र स्थानहरुमा असिनासहित वर्षा भएको हो। आज नै देशको राजधानी काठमाडौंमा पनि दिउँसो पानी परेको थियोे।

Read More

-दशरथ धामी घाम लाग्न पनि सक्छबादल लाग्न पनि सक्छ मौसको के कुरा ?आउ एक छिन देशको कुरा गरौं हरेक महिना फेरिने सरकारको के कुरा गरौंजनताको हितको लागि बरु विकासको कुरा गरौं सरकार मात्र फेरिने कुरा किन सरकारआउ एक छिन आपनो भविस्य फेरिने कुरा गरौं आउ एक छिन यो देशको नीति फेरिने कुरा गरौंगठबन्धनको तुइन फेरि पनि चुडिन सक्छ मिसन र भिजन फेरि पनि पडकिन सक्छत्यही भएर कति कुटनीति र राजनितीका कुरा गर्ने आउ एक छिन सबै विस्फोटन कविताका कुरा गरौआउ एक छिन सबै देश निर्माणका कुरा गरौ।

Read More

-आकाश खड्कास्ववियु निर्वाचनको आगाडी विभिन्न प्रलोभनमा पारेर आफुतिर आकर्षित गर्दै पार्टीको नाम जोडेर विभिन्न संगठनले आआफ्ना दलका नाम पछाडी पार्टीको ट्याग लगाइदिने गरेका छन्। विद्यार्थीका शैक्षिक सुधार गर्नका लागि कुनै पनि संगठन लागेका छैनन्। बिद्यार्थीका हक हितका लागि नबोल्ने त्यो भन्दा मेरो संगठमा आउनु भनेर बिन्ती गर्ने काम गर्छन्। चैत ८ गते सुदुरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन हुँदै छ। विधार्थी संगठनहरु निर्वाचनको लागि क्लास कमिटी र प्रचारप्रसारमा व्यस्त छन्। यस क्रममा नयाँ शैक्षिक सत्र ७९ को भर्ना को लागि पनि धेरै भर्ना गर्ने होड चलिरहेको छ र त्यसैमाथि भर्ना भएकै दिनदेखि आफ्नो संगठनमा ल्याउनको लागि विभिन्न प्रलोभनमा…

Read More