Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – ​ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो । ​दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए । ‘हिजो काठमाडौँ महानगर प्रमुखसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

Read More

काठमाडौं – सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको छ।

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठक भोलि(शुक्रवार) बिहान ९ बजे बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बालुवाटारमा बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषयमा छलफल गरिने गठबन्धनका एक नेताले बताए । सिट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरूले कार्यदल बनाएर मोडिलाटी तयार गर्ने तयारी गरेका छन् । भोलि बस्ने बैठकले सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरेको छ ।

Read More

काठमाडौं – सरकाले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगत्तै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले आइतबारदेखि नै राजनीतिक दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ९ सय २६ जनाको परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Read More

काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

Read More

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते आइतवारका लागि आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब एकै चरणमा हुनेछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको जनाइएको छ । निर्वाचन आयोगको सुझाव र परामर्शका आधारमा सरकारले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको थियो । यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गतेका लागि चुनाव घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । २०७४ सालमा मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा चुनाव भएको थियो…

Read More

काठमाडौं – चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन्। ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ। यसअघि सन् १९९६ मा पनि बेइजिङ र ताइपेइबीच तनाव हुँदा चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेको थियो। विज्ञहरूले चीनले ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने अनुमान गरेका छन् ।

Read More