Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – तेह्रथुममा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका २४ वर्षीय छोरो टङ्क भण्डारीको कुटपिटबाट ५३ वर्षीय भक्त बहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो । प्रदेश १ प्रहरीले तेह्रथुम प्रहरीको सूचना अनुसार बाबुछोराको विवादपछि छोरा टङ्क भण्डारीले धान कुट्ने मुसल अचानक बुबाको टाउकोमा प्रहार गरेका थिए । मुसलको प्रहारले घाइते उनको स्थानीय छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बुबाको हत्या गर्ने छोरा टङ्क फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दमौली– दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो । अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए । नौजना स्वास्थ्यकर्मीका लागि वार्षिक रु ४४ लाख ७२ हजार खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताए । उनका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, एकजना रेडियोग्राफर, एकजना एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकजना फार्मेसी र एकजना स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ…

Read More

काठमाडौं – संसद् बैठक सुरु भएको छ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाइ विधेयक,२०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘शपथ सम्बन्धी विधेयक,२०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन्। यस्तै, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७८ र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।

Read More

काठमाडौं – सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – हालै संघीय संसद्बाट पारित भई प्रमाणिकरणको लागि राष्ट्रपति कार्यलयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । विद्येयकमा भएका कतिपय प्रावधान देशको हितविपरित रहेको उक्त समूहको दाबी छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता बिधेयकलाई परिमार्जनको लागि पुनर्विचार गरियोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको पनि उक्त समूहले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) का पुर्व पोलिटब्युरो सदस्य नारायण शर्माले अहिले आएको नागरिकता विधेयकलाई चरम राष्ट्रघातीको संज्ञा दिए । सरकारले विधेयक ल्याएर राष्ट्रको नामनिशाना नै नष्ट गर्न खोजेको उनको टिप्पणी…

Read More

तनहुँ – तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो । कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कैदीबन्दीको विवरण सङ्कलनका लागि कारागारभित्रै व्यवस्था मिलाइएको थियो । “कारागारभित्रै कैदीबन्दीको फोटो खिच्ने, विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएका थियौँ”, उहाँले भन्नुभयो, “पूरा विवरण भएकामध्ये ५५ जनाको विवरण दर्ता भएको छ ।” जिल्लामा हालसम्म एक लाख ५३ हजार एक सय ६० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन…

Read More

काठमाडौँ – धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए । आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो ? भनेपछि आक्रोसित पीडितहरूले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सबै भातृ सङ्गठनलाई चुस्तदुस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिका–८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए। संसद्मा जल्दा बल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए।

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।

Read More