धनगढी: कञ्चनपुरको पुनर्वासबाट प्रहरीले एक जना फरार कसुरदारलाई पक्राउ गरेको छ। चोरी मुद्दामा अदालतबाट सजाय पाएपनि लुकिछिपी हिँडिरहेका पुनर्वास नगरपालिका–६ ङ गाउँ हरिचोकका ६६ वर्षीय वीरबहादुर खड्का पक्राउ परेका हुन।
बुधबार ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा खटिएको टोलीले खड्कालाई पक्राउ गरेको जनाएको छ।
उनलाई कञ्चनपुर जिल्ला अदालतले चोरी मुद्दामा १ वर्ष १ महिना २५ दिनको कैद सजाय सुनाएको थियो। त्यसपछि खड्का फरार रहेका थिए। प्रहरीले घर अगाडिको बाटोमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।
Facebook Comments Box