काठमाडौं: आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको जहाज नेपालगन्जमा आकस्मिक अवतरण गरिएको छ। आज (शनिबार) बेलुका बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो। धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो। खराव मौसमका कारण आकाशबाटै विमान फर्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। त्यसपछि उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गराइएको उनले बताए। विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो। धनगढी आउनुपर्ने विमान प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेपछि यात्रुहरु अलपत्र परेका छन्।धनगढीबाट काठमाडौँबाट लागि टिकट काटेका यात्रुहरुको टिकट रकम भने बुद्ध एयरले फिर्ता गरेको छ।
काठमाडौं: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। टियु क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ बजेबाट नेपाल र कुवेतबीच सेमिफाइनल खेल हुँदैछ। घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग गुमाएको थियो। नेपालले कुवेत विरुद्धको सेमिफाइनल खेलमा गुलसन झालाई बेन्चमा राखेर करण केसीलाई स्थान दिएको छ।
काठमाडौं: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्षसमेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरीयाको मृत्यु भएको हो। चट्याङको करेन्ट लागेर शक्त घाइते भएका कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ।
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
धनगढीः सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण बढीरहेका बेला कैलालीको गोदावरीमा पनि उक्त रोग देखिएको छ। गोदावरीको पहाडी क्षेत्रमा गाईभैँसीमा यो रोग देखिन थालेको हो। लम्पी स्किन गोदावरीको वडा नम्बर–४ र १२ को पहाडी क्षेत्रमा देखा पर्न थालेको नगरपालिकाको पशु शाखाले जनाएको छ। यस वर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाको पशु शाखाका नायव पशु सेवा प्राविधिक टेक शाहुले बताए। उनले गोदावरीको पटैनी, हाटखोली, सिम क्षेत्रमा यो संक्रमण देखिएको बताए। यो रोगको उपचार नभएकाले संक्रमण देखिएको क्षेत्रमा घाउँ खटिरामा इन्फिेक्सन नहोस भनेर मलमहरु, एन्टिबायोटिक, पेन किलर वितरण गरिएको पशु शाखाले जनाएको छ।
काठमाडौं: नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ। शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो। केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए। तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको…
बझाङ: बझाङको बित्थडचिर गाँउपालिकाले एमबिबिएस पढ्न आर्थिक सहयोग गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय दलबहादुर बोहरालाई नगद ३ लाख सहयोग गरेको हो। छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम निकालेका बोहरालाई थप प्रोत्सहन गर्न आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले बोहरालाई सम्मान पत्रसहित नगर हस्तान्तरण गरेका हुन्।
धनगढी: विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई भेटेकी छिन्। उनले शुक्रबार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर स्वास्थलाभको कामना गरेको कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए। पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्। आगलागीमा परी सांसद भण्डारी र उनकी आमा…
कञ्चनपुर: कञ्चनपुरमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिकाकी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार १९ वर्षीय पारस ठकुरी देउवा पक्राउ परेका हुन्। बालिकाका आफन्तले बिहीबार देउवाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। बुधबार मध्यरातमा नाबालिगलाई आरोपित देउवाले घर नजिकको खेतमा बलात्कार गरेको आरोप छ। पीडित नाबालिगले आफूमाथि भएको घटना करिब चार बजेतिर घरमा आएर ठूली आमालाई बताएको आफन्तले जनाएका छन्। घटनामा देउवालाई सहयोग गरेको आशंकामा केही अन्य युवकलाई पनि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए। पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरि घटनाको अनुसन्धान गरिरहेको उनले बताए।