Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ। पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो। गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ। घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ। उनको टाउकोमा गोली लागेको थियो। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।

Read More

धनगढी: नेकपा एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी निकाला गरेपछि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बैठक बोलाएको छ। अस्तिबाट सुरु भएको बैठक कैलालीको धनगढीमा जारी छ।  शुक्रबार सुरु बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए। उनका अनुसार माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ। यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो। बैठकको पहिलो दिन एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए। उता नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका सुदूरपश्चिमकै अछाम घर भएका डाक्टर रावल यतिबेला देश दौडाहामा छन्। कोशी प्रदेशबाट…

Read More

काठमाडौं: गएराति बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले आर्थिक गतिविधि सहज बनाउन केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। सरकारले निर्माणक्षेत्रका केही अप्ठ्याराहरु हटाउन अध्यादेश ल्याएको जनाएको छ। गएराति नै भूमि र लगानीसम्बन्धी अध्यादेशबारे निर्णय गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए। प्रधानमन्त्री आली कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्यालसहित राष्ट्रपति कार्यालय पुग्नु र राति क्याबिनेट राखिनुलाई राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३ संशोधनका लागि अध्यादेश जारी हुने रुपमा हेरिएको थियो। सरकारले…

Read More

धनगढी: कैलालीमा लागूऔषधसहित समातिए नौ जना पक्राउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका–३ बाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। उनलाई ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।  यस्तै, कैलालीको कैलारी गाउँपालिका–७ कटानी पुलबाट सोही ठाउँका २० वर्षीय अविनाश चौधरी र २० वर्षीय दिनेश चौधरीलाई ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका– पुरानो भन्सार नजिकबाट वडा नम्बर १३ बस्ने ३८ वर्षीय दीपक…

Read More

धनगढी: गृहमन्त्री रमेश लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरमा विद्यार्थीबाट सलामी ग्रहण गरेका छन्। शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा निजी विद्यालयरूको संगठन एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको ‘खेल महोत्सव’को उद्घाटन समारोहमा अनुपम एजुकेसलन एकेडेमीका विद्यार्थीले मार्चपासक्रममा दिएको सलामी ग्रहण गरेका हुन्। लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्। उनले विद्यार्थीबाट सलामी लिएपछि आलोचना सुरु भएको छ।

Read More

कञ्चनपुरः जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुगाएर बेच्छन्। यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन्। दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ। तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उनी बताउँछन्। चौधरी तरकारी खेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन्। त्यही भएर उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन्। बिदाका दिन वडाको काम नपरे उनी दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउँछन्। उनकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने,…

Read More

धनगढी: बाजुराको जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।  बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै डडेल्धुरामा डिजेल र पेट्रोल बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेस्थित भीमदत्त राजमार्गमा शुक्रबार बिहान धनगढीबाट बझाङतर्फ जाँदै…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ।  सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

Read More

धनगढी: कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका-११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको छ। उनको बिहीबार राति १२ बजेतिर भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए। उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थि निसर्ग अस्पताल ल्याइएको थियो। बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो।   ट्याक्टर चालक बेलौरी नगरपालिका-४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए। चौधरीमाथि सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको खुटिया खोलामा अवैध तथा मापदण्ड मिचेर उत्खनन गरिरहेको भन्दै चलाइएको हल्ला झुठो भएको छ। गोदावरी नगरपालिकाको टोलीले अनुगमन गर्दा सो कुरा झुठो प्रमाणीत भएको हो। नेकपा एमाले गोदावरी नगर कमिटीले पूर्वाग्रह राखेर खोलामा आन्दोलन गरेपछि बिहीबार एमालेकै तर्फबाट निर्वाचित गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकाया नेतृत्वको टोलीले खोलामा अनुगमन गरेको थियो। सो टोलीले खुटिया खोला र खैराना खोलामा अनुगमन गरेको हो। तर, अनुगमनका क्रममा मापदण्ड मिचेको नपाइएको अनुगमन टोलीकी संयोजक एवम् नगर उपप्रमुख शारदा रोकायाले बताइन्। उनले खोलामा प्राविधिक सहितको टोलीले नाप जाँच गर्दा मापदण्ड भित्रै रहेर नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको बताइन्। अनुगमन…

Read More